देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रतिनिधिसभाको दोस्रो बैठक पनि अवरुद्ध

देशान्तर

काठमाडौं । शुक्रबारको प्रतिनिधिसभाको दोस्रो बैठक पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरुद्ध गरेको छ ।

कांग्रेसले आमरण अनशरत. डा. गोविन्द केसीको उपचार र जीवनरक्षासम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव संसदमा छलफलका लागि कार्यसूचीमा ल्याउन माग गर्दै दोस्रो बैठक पनि अवरुद्ध गरेको हो ।

संसदको बैठक सुरु हुनेबित्तिकै नेपाली कांग्रेसका सांसदहरु आ–आफ्नो सिटबाट उठिरहेपछि सभामुख कृष्णबहादुर महराले उनीहरुको माग अर्को बैठकको कार्यसूचीमा आउने जानकारी गराए ।

संसदको अर्को बैठक असार २५ गते सोमबार दिनको १ः०० बजे बस्ने छ ।