काठमार्डौ । गृहमन्त्री रामबहादुर थापाले अपराध नियन्त्रण गरी सुशासन कायम गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन ।
अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलहरुको तीन नम्बर प्रदेशस्तरीय कार्याशालाको आज काठमाडौंमा उद्घाटन गर्दै थापाले सरकारको समृद्धि र विकासको लक्ष्य प्राप्त गर्नका लागि शान्ति सुरक्षालाई प्रभावकारी बनाइने बताए ।
अहिले वैज्ञानिक अनुसन्धान प्रणाली आवश्यक रहेको भन्दै गृहमन्त्री थापाले न्याय र सुशासनलाई स्थापित गराउन सुरक्षा निकायको भूमिका महत्वपूर्ण रहने बताएका छन ।
गृहमन्त्री थापाले अहिले जुनसुकै क्षेत्रमा भ्रष्टाचार बढ्दै गएको भन्दै थापाले अनुसन्धान भ्रष्टाचार नियन्त्रणमा केन्द्रीत हुनु पर्नेमा पनि जोड दिए ।
प्रतिक्रिया