काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले नेपाल दक्षिण एशियामै महिला हक, अधिकारका दृष्टिले अगाडि रहेको बताएका छन ।
अध्यक्ष दाहालले संविधानमै राज्यका सबै निकायमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व गराउने व्यवस्था गर्नु नेपालको लागि गर्वको विषय भएको पनि स्पष्ट पारेका छन ।
दाहालले महिलाको हक, अधिकारलाई सुनिश्चित गराउने दिशामा कुनै प्रगति नै नभएको भन्ने भनाई सत्य नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन ।
योगमाया सामाजिक आन्दोलन अभियानले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले योगमाया जनता वीर वीरंगनाहरुको योगदानबाट पाठ सिकेर अघि बढ्दै जाने प्रतिवद्धता पनि व्यक्त गरेका छन ।
प्रतिक्रिया