काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले ६ दिनदेखि जुम्लामा अनसनरत प्रा डा गोविन्द केसीको जीवन रक्षा र उनका माग सम्बोधनको माग राख्दै संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव लैजाने भएको छ । कांग्रेसले शुक्रवार दिउसो १ वजे बस्ने प्रतिनिधिसभाको बैठकमा सार्वजनिक महत्वको प्रस्ताव लैजान लागिएको कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले बताए ।
सरकारले तयार पारेको चिकित्सा शिक्षा विधेयकको कांग्रेसले विरोध गरेको छ र प्राविधिक त्रुटी सच्याउने बाहेक अध्यादेशको हुबहु ल्याउनुपर्ने माग गर्दै आएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसन बस्न चाहेपनि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्दै पक्राउ गरेको थियो ।
प्रहरी हिरासतमै अनसन बसेका उनलाई प्रहरीले खेलकुद कभर्ड हलमा लगेर छाडेको थियो । त्यहीँ अनसनलाई जारी राखेका उनको स्वास्थ्य कमजोर भएपछि बिहीबार अस्पताल भर्ना गरिएको छ ।
प्रतिक्रिया