सुर्खेत । नेपाली कांग्रेसका सांसदहरुले जुम्लामा आमरण अनसनरत प्राध्यापक डा गोविन्द केसीको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् । नेपाली कांग्रेसका तर्फबाट प्रतिनीधिसभा सदस्य प्रकाश स्नेही, रंगमति शाही र कर्णाली प्रदेशका प्रदेशसभा सदस्य दिनबन्धु श्रेष्ठले आज जुल्ला पुगेर केसीलाई भेटेका हुन ।
कांग्रेस संसदीय दलको बुधवार बसेको बैठकले केसीको आन्दोलनमा ऐक्यवद्धता जनाउनका लागि ३ जना सांसदलाई जुम्ला पठाउने निर्णय गरेको थियो ।
केसीको आन्दोलनमा ऐक्यवद्धता जनाउन जुम्ला पुगेको कांग्रेस सांसद प्रकाश स्नेहीले आफुहरुले केसीलाई भेटेको र स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुका साथै आन्दोलनमा कांग्रेसको साथ रहेको जानकारी केसीलाई दिएको बताए ।
प्रतिक्रिया