देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकार विरुद्ध पौडेलको नेतृत्वमा कांग्रेस सडकमा (भिडियोसहित)

देशान्तर

काठमाडौं । सरकारका काम कारवाहीका विरुद्ध केहि दिन यता संसदमा चर्को रुपमा प्रस्तुत भएको नेपाली कांग्रेस आजदेखि सरकारका विरुद्धमा सडकमा उत्रेको छ । सरकारले माइतीघर मण्डला लगायतका स्थानमा जारी गरेको निषेधाज्ञाका विरुद्धमा कांग्रेस सडकमा उत्रिएको हो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता प्रदिप पौडेलको नेतृत्वमा काँग्रेस कार्यकर्ताहरूले माइतीघर मण्डलामा विरोध प्रर्दशन गरेर सरकारले जारी गरेको निषेधाज्ञा तोडेका हुन् ।

नेपाल बिद्यार्थी संघका पूर्व अध्यक्ष समेत रहेका कांग्रेस नेता पौडेलको नेतृत्वमा काँग्रेस कार्यकर्ता र नेपाल बिद्यार्थी संघका नेता कार्यकर्ताहरुले समूहले निषेधित नारावाजी र विरोध प्रर्दशन गरेका थिए । व्यापक प्रहरी परिचालनका बाबजुद पनि निषेधित क्षेत्र तोडिएको हो ।संसदमा समेत निषेधित क्षेत्र तोड्ने बारे नेपाली कांग्रेसले आन्दोलन गर्ने र विरोधमा कडा रुपले प्रस्तुत हुने बताएको छ । त्यही रणनीति अनुसार काँग्रेस नेता पौडेलको नेतृत्वमा बृहद प्रदर्शन गरेको हो ।

गृहमन्त्री राम बहादुर थापा बादलले जारी गरेको एक सातापछि काँग्रेसले निषेधाज्ञा तोडेको हो। कार्यक्रमलाई प्रदिप पौडेल, नेविसंघका उपाध्यक्ष रामप्रसाद अधिकारी, महामन्त्री कुन्दनराज काफ्ले लगायतले सम्बोधन गरेका थिए । उनिहरुले गंगामाया अधिकारी, डा गोविन्द केसी लगायतका माग सम्बोधन गर्नुपर्ने माग राखेका थिए।

उनिहरुले माइतिघर मण्डलाको मध्य भागमा तीन पटक घुमेर प्रदर्शन गरेका थिए । काँग्रेसका र नेविसंघका कार्यकर्ताहरूले निषेद्याज्ञा तोड्दै केपी ओली र सरकार बिरूद्ध नारावाजी गरेका थिए । प्रर्दशनका क्रममा २ बिद्यार्थी अर्वत खड्का र निरञ्जन थापा घाईते भएको नेविसंघका उपाध्यक्ष राम प्रसाद अधिकारीले जानकारी दिए । निषेधाज्ञा तोड्ने कार्यक्रममा कांग्रेस नेता कार्यकर्ता, नेपाल बिद्यार्थी संघका कार्यकर्ता, ट्रेडयुनियनकर्मी लगायतको उपस्थिती थियो ।

https://youtu.be/9y1AiDXey9g