देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालले बंगलादेशसँग उर्जा सम्झौता गर्दै

देशान्तर

काठमाडौं । सरकारले बंगलादेशसँग पनि पनि उर्जा सहकार्य सम्झौता गर्ने तयारी गरेको छ । केही साता अघि मात्रै चीनसँग उर्जा सहयोग सम्झौता गरेको सरकारले बंगलादेशसँग पनि प्रक्रिया अघि बढाएको हो ।उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले बंगलादेशलाई सम्झौता गर्ने मिति तय गर्न पत्र पठाएको छ ।

करिब ६ महिना अघि पत्र पठाएको थियो । बंगलादेश सरकारले कुनै प्रतिक्रिया नदिएपछि पुन पत्र पठाएको मन्त्रालयका प्रवक्ता दिनेशकुमार घिमिरेले जानकारी दिए । बंगलादेशको ३० प्रतिशत पानी नेपालको नदीमा निर्भर छ । गंगा नदीको ७० प्रतिशत पानी नेपालबाट आउँछ र बंगलादेशको कुल जलस्रोतको ३० प्रतिशत योगदान गंगाले गर्छ ।

बंगलादेशको अहिले विद्युतको जडित क्षमता १६ हजार मेगावाट छ । सन् २०२१ मा माग बढेर ३० हजार मेगावाट पुग्ने अनुमान छ ।अहिले भने बंगलादशेले भारतबाट ६ सय मेगावाट विद्युत् आयात गरिरहेको छ । नेपालसँग उर्जा सहकार्य सम्झौता गरेर यहाँको बिजुली पनि आयात गर्ने उसको सोच छ ।