देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोटा प्रणाली खारेजको बिरोधमा ल क्याम्पसमा धर्ना

देशान्तर

काठमाडौं । नेपाल ल क्याम्पसमा एल एल बि भर्नामा लागू भएको कोटा प्रणालीको खारेज गरेको भन्दै नेपाल ल क्याम्पसका विद्यार्थीहरुले क्याम्पसमा धर्ना दिएका छन् । कोटा प्रणालीको खारेजीको माग राख्दै ल क्याम्पसमा मंगलवार विहानदेखि धर्ना दिएका छन् । एल एल बि भर्नाका लागि लिइएको प्रवेश परिक्षा तुरुन्त नतिजा प्रकाशित गर्नुपर्ने,कानुनी शिक्षालाई ब्यस्विथित बनाउनुपर्ने र कानुनकै क्याम्पसमा कानुनको उलंघन भएको भन्दै नेपाल ल क्याम्पसमा धर्ना सुरु गरिएको बिद्यार्थीहरुले जनाएका छन् ।

एल एल बि भर्नामा कोटा प्रणाली खारेजमा केही विद्यार्थी संगठनका केही ब्यक्तिको दवाव भएको भन्दै प्रजातान्त्रिक प्राध्यापक संघले कोटा प्रणाली खारेज नगर्न ल क्याम्पसको डिन कार्यलय लाई ध्यानाकर्षण गराएको छ।

‘केहि विद्यार्थीको धम्की र दवावमा प्रवेश परिक्षा बेवास्ता गरी खुल्ला रुपमा विद्यार्थी भार्ना लिने भनी गरिएको २०७५–३–१४ गतेको सहमति गैर कानुनी एवम् न्यायको मुल्यमान्यताको प्रतिकुल भै कानुनी शासनको उपहास भएको महसुस गरेका छौ’ नेपाल प्रगतिशील प्राध्यापक संगठन नेपाल ल क्याम्पस, क्याम्पस समितिले पनि खेद व्यक्त गरेर बिज्ञप्ति निकालेको छ। धर्ना कार्यक्रममा राजकुमार उप्रेती,लेखनाथ भुसाल,सुरज सेजवाल, कृतज्ञ ढकाल लगायत दुई दर्जन विद्यार्थी हरुको सहभागी रहेको छ।