देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

डाक्टर केसीको अनसनस्थल परिवर्तन गर्नुपर्ने भन्दै चिकित्सक संघ आन्दोलनमा

देशान्तर

काठमाण्डौं। ।जुम्लामा ३ दिनदेखि अनसनरत रहेका डाक्टर गोविन्द केसीको जीवन रक्षाका लागि सुरक्षित स्थानमा लैजानुपर्ने चिकित्सकहरुले माग गरेका छन् ।

नेपाल चिकित्सक संघ कर्णाली शाखाका उपाध्यक्ष प्रविणकुमार गिरीद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा अनसनस्थल सुरक्षित स्थानमा सारिनुपर्ने विषयमा जिल्ला प्रशासन कार्यालयले सुनुवाई नभएको भन्दै असार १८ गतेबाट प्रदेश ६ का सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई कालो पट्टी बाँधी काम गर्न र २४ घण्टाभित्र सुनुवाई नभएमा असार १९ बाट आकस्मिक सेवाबाहेक सबै सेवा वन्द गर्ने बाध्य हुने तथा अनुसार गर्न गराउन समेत निर्देशन समेत गरिएको छ ।

नेपालको चिकित्सा शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवाका लागि असार १६ गतेबाट कभर्डहलमा कैदी सरह राखिएकाले त्यस स्थलमा आवश्यक साधनस्रोतहरुको अभाव भएकाले सुरक्षित स्थानमा सारिनुपर्ने विज्ञप्तिमा जनाइएको छ ।

जिल्ला खेलकुद विकास समितिको खुला कभर्डहलमा अनसनमा रहेका डाक्टर केसीको समस्या बढ्दै गएको चिकित्सकहरुले बताएका छन् । डाक्टर केसीको पिसाब पनि रोकिन थालेको, मासु फर्किने, ढाड दुख्ने, रिंगटा लाग्ने समस्या सुरु भएको उपचारमा खटिएका डाक्टरहरुले बताएका छन् ।

डाक्टर केसीको रक्तचाप, नाडी र स्वासप्रश्वास भने ठिक भएको तर अनसनको अवस्थामा कतिबेला के हुन्छ भन्न नसकिने डाक्टर धिरज गुरुङले बताए ।