देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रतिनिधिसभा बैठक: सार्वजनिक सरोकारका विषयमा सरकारको ध्यानाकर्षण

देशान्तर

काठमाडौं । सांसदहरुले सार्वजनिक सरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले डाक्टर गोविन्द केसीको अनसन, माईतिघर मण्डलामा प्रर्दशनमा रोक लगाउने सरकारी निर्णय लगायत विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।

साथै उनीहरुले आआफ्ना क्षेत्रका समस्याका बारेमा पनि सम्बन्धी मन्त्रालयको ध्यानाकर्षण गराए । सांसद भरत कुमार शाहले जुम्लामा अनसन बसेका डाक्टर गोविन्द केसीलाई धरपकट गरेको घटनाप्रति घोर आपत्ती जनाए । डाक्टर केसीलाई अध्याँरो कोठामा राखिएको भन्दै उनले प्रजातन्त्रलाई कुण्ठित पार्ने काम नगर्न सरकारको ध्यानाकर्षण गराए ।

माईतिघर मण्डलामा प्रर्दशनमा निषेध गरेर प्रजातन्त्रलाई अंकुश लगाई अधिनायकवादी प्रवृति देखाउने काम बन्द गर्न उनले सरकारलाई सचेत गराए । यातायात क्षेत्रमा सिण्डिकेट अझै जारी रहेको भन्दै उनले सरकारद्धारा भ्रामक सन्देश प्रवाह नगर्न गम्भीर ध्यानाकर्षण गराए । सांसद कल्याणी खड्का रौतहट जिल्लाको सदरमुकाम गौरस्थित गौर राईस एण्ड फ्लोरलाई निजीकरण गर्ने प्रयास भईरहेको भन्दै त्यस तर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

गौर राईस मिलको अहिले ५ विघा १९ कठ्ठा १५ धुर जग्ग्गा निजीकरण गर्ने प्रयास भएकाले उच्चरस्तरीय आयोग गठन गरि भुमाफियालाई कारवाही गर्दै सो जग्गा सरकारको स्वमित्वमा ल्याउन माग गराए । सांसद भैरव बहादुर सिंहले बझाङ जिल्लामा योङभेद कम्युनिष्ठ लिगको नामबाट गाउपालिकाका प्रमुखहरुलाई धम्क्याउने, अपमानित गर्ने तथा अपहरण सम्मको धम्की दिने गरेको भन्दै तत्काल अराजक गतिविधि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद प्रकाश रसाईलीले सरकार जनताप्रति उत्तरदायी नभएको टिप्पणी गरे । उनले लिपुलेकका बारेमा सरकारले सदनलाई स्पष्ट जानकारी नदिएको भन्दै प्रधानमन्त्रीसंगको प्रश्नउत्तरको समय पुन व्यवस्था गर्नका लागि सरकारलाई रुलिङ गर्न सभामुखको ध्यानाकर्षण गराए ।

विदेशनीतिमान सरकार असफल भईसकेको दाबी गरे । आफुहरु राजधानीका विभिन्न स्थानबाट १५ रुपैयाका पानी जहाज चढेर संसद भवन आउने गरेको भन्दै उनले रेल भन्दा प्यारो माटो भएकाले लिपुलेकका विषयमा सरकार स्पष्ट हुनुपर्ने र त्यसबारे सदनलाई यथार्थ जानकारी दिनुपर्ने माग गरे ।

उनले भने, “रेल आउदै गर्दा चढ्दै गरौला तर लिपुलेकको एक चिम्टी माटो पनित्यति प्रिय छ । प्रधानमन्त्रीले पाना फर्काउनुपर्ने ? प्रधानमन्त्रीले खिया लागेको कागज पाना टकटकाउनुपर्ने ? त्यो टकटकाएको कागज संसदमा जानकारी गराउनुपर्यो । ” सांसद शान्तिमाया पाख्रिनले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले स्थानीयलाई दिने १० प्रतिशत शेयर आव्हानलाई एक महिनापछि सार्न माग गरे ।

मानो खाएर मुरी उब्जाउने खेतीको समय भएकाले शेयर आव्हान समय पछि सार्दै गाउपालिका, नगरपालिकाका वडा कार्यालयबाट शेयर लिने र मुलुकबाहिर भएका जिल्लाबासीले अनलाईन आवेदन दिनसक्ने तथा विवाह भएर गईसकेका छोरीचेलीले पनि  शेयर राख्न पाउने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए ।