चन्द्र महर्जन
नेपाली कांग्रेसको जिल्ला सभापतिहरूको राष्ट्रिय भेला सकियो । अब योभन्दा ठूलो निकाय महासमितिको बैठक हुँदैछ डेढ दुई महिना पछि । निकायगत रूपले हेर्ने हो भने खासगरी कांग्रेसको अहिलेको अवस्था र यसपछिको गन्तव्यमा न केन्द्रीय समिति र न अहिलेको भेलाले नै स्पष्ट मार्ग दिशा पहिचान गरेको पाइयो । एकअर्काप्रति तीतो पोखापोख भयो होला त्यो अलग कुरा हो तर कांग्रेसले अपेक्षा गरेको भन्दा भिन्न रूपमा निर्वाचन परिणाम आएको स्थानीय तहबाट गणना हुँदा वर्ष दिन र प्रदेश तथा संघीय सभाका निर्वाचनको परिणाम देखिएको ६ महिनाभन्दा बढी भइसकेको छ । यो अवधिमा कांग्रेसमा शुद्धीकरणका नाममा के भयो, आउँदा दिनमा यो परिणामलाई आफ्नो अनुकूल बनाउन कस्ता कार्यक्रम प्रस्ताव भए भन्ने बुँदागतरूपले केलाउन थालियो भने त्यस्तो केही पाइँदैन । केन्द्रीय समितिको लामो बैठक बस्यो, त्यसले जिल्ला भेला र महासमितिको बैठक बस्ने महिना तोक्यो तर यो एउटा प्रक्रियामात्र हो । भेला वा बैठक आफैंमा केही होइनन् । मूल कुरा हो त्यसले संगठनको गन्तव्यको पहिचान र आजको आवश्यकताको सम्वोधन हुनु ।
अरूले के देखे
कांग्रेसको यो भेलाप्रति कांग्रेस इतर पक्षले पनि गम्भीर रूपले चासो राखेका रहेछन् । अहिले त्यसका प्रतिक्रियाहरू आउन थालेका छन् । वाम पक्षका भनी चिनिने एक विश्लेषक मल्ल के. सुन्दरका अनुसार ‘सिंगो राष्ट्रिय राजनीतिक विहंगम पृष्ठभूमिमा नियाल्दा आम अपेक्षाअनुसार त्यस भेलाले खुद्रा मसिना मुद्दाहरू सोरसार पारेर आफ्नो घोषणापत्रका बुंँदाहरूलाई एक्काईस नम्बरसम्म पु¥याउने क्षमता त देखायो, तर आजको आवश्यकताअनुसार पार्टीलाई सैद्धान्तिक रूपमा दिशाबोध गर्ने गहन भूमिका भने निर्वाह गर्न भ्याएन । समस्या भेलामा सहभागी जिल्लास्तरीय नेतृत्वमा रहेका कांग्रेसी बन्धुहरू थिएनन समस्या त तिनलाई डो¥याउने राष्ट्रिय नेताहरू नै हुन् भन्ने कुरा जाहेर छ ।’
विरासतको कुरा
कुनै पनि कांग्रेसीले आफनो दलको विगतलाई गौरव मान्नु अलग कुरा हो तर यो सन्दर्भमा अरूले पनि यसको उल्लेख गर्ने गरेका छन् । यहाँ फेरि मल्लकै एउटा उद्धरण– राष्ट्रिय राजनीतिमा सात दशक पुरानो वृत्तान्तको दाबेदार काग्रेससंँग राणाशासनविरुद्ध सातसाले क्रान्तिमा नेतृत्वदायी भूमिका खेलेको क्षणदेखि वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्र निर्माणसम्म निर्वाह गरेका कालखण्डका थुपै्र गौरवशाली आख्यान छन् । नेपालको इतिहासले त्यसलाई किमार्थ नकार्दैन । तर लोकतान्त्रिक राजनीतिक मोर्चामा सामन्ती जुगमा जस्तै विगतका विरासतमात्र पर्याप्त हुन्न । गतिशीलता र समसामयिक प्रभावकारिता आजको प्रतिस्पर्धात्मक राजनीतिमा न्यूनतम आवश्यकता हो । नेतृत्वको सक्षमता, पार्टी हाँक्ने काममा दूरगामी सोच, सहज पुस्ता हस्तान्तरण र अन्तरदलीय लोकतान्त्रिक आचरण पार्टी सञ्चालन सफलताका लागि अर्को महत्वपूर्ण पक्ष हो । कांग्रेसको सम्बन्धमा पनि यो सत्य हो ।
कांग्रेसी र कांग्रेस इतर पक्षले अहिले गरिएको अपेक्षा यसको गतिशीलता र समसामयिक प्रभावकारिता नै रहेछ भन्ने यो भनाइको मूल आसय हुनुपर्छ । यो कुरा कांग्रेसले सुन्नैपर्छ । प्रश्न उठ्छ सुनिएन भने के होला ? संसदीय पद्धतिमा एउटा भनाइ छ– सत्तापक्ष हुनका लागिमात्र हो धेरै प्रयत्न गर्नु पर्ने । विपक्षीको ठाउँ त आफूले नचाहँदा नचाहँदै आफँै आइलाग्छ । प्रश्नहरू सुनिएन र त्यसको उत्तर दिइएन भने के होला भन्ने प्रश्नको उत्तर यही हो जो अहिले हामीले भाीिग पनि रहेका छौं ।
बढेको भूमिका
एक प्रकारले भन्ने हो भने यतिखेर कांग्रेसको भूमिका झन् बढेको छ । हेटौंडा भेलाका वरपर कांग्रेसको अबको भूमिकाका बारे आएका विश्लेषणहरूले नै यस्ता कुरा भनिरहेका छन् । यी विश्लेषणका शब्द र आसयलाई एक ठाउँमा राखिँदा जस्तो चित्र आउँछ त्यो नै आजको मूल कुरा हुनुपर्छ कांग्रेसका लागि । जसले जे सुकै भने पनि, सिटको संख्यागत हिसाबले जस्तो रहे पनि आज नेपाली कांग्रेसको स्थान भनेको मुलुकको जिम्मेवार राजनीतिक मोर्चाको अग्रपंक्तिमा छ । प्रमुख प्रतिपक्षीय भूमिका अत्यन्त सावधानीसाथ बहन गर्नु यसको मूल दायित्व बनेको छ । प्रतिस्पर्धात्मक दलीय लोकतन्त्रमा राजनीतिक सन्तुलनका मूल आधार हो, सशक्त प्रतिपक्ष । सरकारमा नभए पनि योसँंग संसद् छ, सडक छ, अनि आफ्ना जनआधार मतदाताहरू छन् । त्यसमा पनि नेतृत्व पंक्ति अनुभवी छन । तसर्थ निर्वाचनको परिणामपश्चात् नेपाली कांग्रेसको आकारमा तात्विक रूपान्तरण भइसक्दा पनि मुलुक यसको गतिशील क्रियाशीलताको अपेक्षा राख्छ । यो कुरा नेतृत्वले बुझेको छैन भन्न मिल्दैन । तर अहिलेको खाँचो हो त्यसअनुसारको रणनीति र कार्यक्रमको प्रस्ताव हुनु ।
हेटौंडा भेला वास्तवमा नै महत्वपूर्ण थियो पार्टीलाई नयाँ गतिदिने सन्दर्भमा । धेरै पटक भनिसकिएको छ पार्टीका अंगहरूका भेला बैठक जो हुन ती परम्परा निर्वाह गर्ने सन्दर्भमा मात्र सीमित रहनु हुँदैन । अहिलेको परिस्थिति भनेको कांग्रेसका लागि सामान्य हुँदै होइन । अरू बेला यस्ता औपचारिक जमघटले केही न केही प्रस्ताव गर्नै पथ्र्यो भने यो त विशेष अवस्था कै हो । यस्तो बेला माथि नै उल्लेख भइसकेको छ आफ्ना कार्यकर्तामात्र होइन इतर पक्षका पर्यवेक्षकहरूले समेत गम्भीरतापूर्वक हेरिरहेका हुँदा रहेछन् यस्ता भेलालाई । माथिका उद्धरण त्यसका उदाहरण हुन् । यो परिप्रेक्ष्यमा रहेर यो भेलाले के ग¥यो भनी खोजियो भने त्यस्तो सन्देश दिने कुरा कमै भेटिएलान् । त्यसकारण फेरि एउटा मौका खेर गएको हो कि भनिएको हो । अब यस्तो भेला आयोजना हुन कति वर्ष लाग्छ भन्नेले पनि अर्थ राख्छ । स्वयम् सभापतिको यो भेलाले नै दुईदुई वर्षमा यस्तो भेला गरियोस् भनी प्रस्ताव राखेको छ । यस्तो बेला बरु अर्को सन्देश गएको छ– परम्परागत भेला, गोष्ठी, कार्यक्रम, बैठक, अधिवेशन आदि इत्यादिले मात्र कांग्रेसलाई बदल्न सक्दैन । कांग्रेसलाई अहिले चाहिएको हो यसका तमाम तहका कार्यकर्तामा व्यापक ऊर्जा प्रवाह हुनु । भेलाले पार्टीभित्र ऊर्जा सञ्चार गर्न सकेको भए यो एक प्रकारले ऐतिहासिक नै हुने थियो । भेलाको आयोजना हँुदाका बखत यसले संगठनको संरचनागत सुधार, व्यापक तहको जागरणको सिर्जना र अब पार्टी सशक्त ढंगले अगाडि बढ्न सक्छ भन्ने आशा र विश्वास दिलाइनेछ भनिएको थियो । भेलाले पुगनपुग दुई दर्जन जति निर्णय ग¥यो तर यसबाट पार्टीभित्र देखिएको अन्योल, निराशा र गतिरोधको पहिचान भयो त भन्ने प्रश्न चाहिँ यथावत् नै रह्यो । आफ्नो शरीरको कुनै पनि अंगमा लागेको रोगको पहिचान गर्न सकिएन भने कुनै पनि उपचार सम्भव हुँदैन भन्ने त सामान्य कुरा नै हो ।
भेलामा के भयो
पार्टीले गत तीनवटा चुनावमा अपेक्षित सफलता हासिल गर्न नसक्नुको कारण खोज्ने जमर्काे भएन भन्ने छ बाहिरबाट हेर्दा । व्यक्तिगत रूपमा कतिपयले प्रस्ताव पनि गर्नु भएको होला तर संस्थागत रूपमा त्यस सम्बन्धमा कुनै निर्णय गरिएन, भएन । गुट उपगुटबाट माथि उठेर पार्टी भन्ने एउटा नयाँ परिपार्टी सुरु होला भनी अपेक्षा गरिएको थियो तर भेला गुटहरूको मञ्चमा परिणत भयो, भेला अवधिका दृश्यहरूले नै यस्तो देखायो । त्यसैले यसबाट गरिएको अपेक्षा कति पूरा कति अधुरा रहे भनी खोज्न थालिएको हुनुपर्छ । धेरैको गुनासो आयो– यो भेला पार्टीको मञ्च बन्न सकेन । यसो हो भने स्वाभाविक छ त्यसको सन्देश पनि त्यस्तै गयो । भेलामा सहभागीहरूले स्वार्थ त्यागको भाव देखाउन सक्नु भएन भन्ने नै धेरैको आरोप छ, त्यो केन्द्रदेखि जिल्लासम्मकै नेतृत्वमाथि । चुनाव परिणाममा केन्द्र जति दोषी थियो जिल्ला नेतृत्व पनि कम थिएन होला । त्यसका धेरै उदाहरण छन् । त्यसमा कुनै एकजनाले पनि भेलाको ध्यान आकर्षित गर्न आफूले जिम्मेवारी लिएर त्याग देखाएको भए केन्द्र र जिल्ला सबैतिर एउटा दबाब खडा हुने थियो । त्यसो हुन पाएन । विगतमा भएका गल्तीहरूको पहिचान गर्दै ती गल्ती नदोहो¥याउने प्रतिबद्धता भेलाले गरेन । पारित भएका बुँदाहरूमा यस्तो कतै प्रकट भएन । त्यस्तो छ भने अन्य कुराले ओझेलमा पा¥यो । आफ्ना गल्तीहरूप्रति आत्मालोचना नगरी अरूको गल्तीको मात्र आलोचना हुँदा आत्मालोचनाको विशेषतानै गुम्छ । आरोप नमान्ने हो भने यो ठाउँमा एक प्रकारले त्यस्तै भयो ।
केन्द्र जस्तै
सबै कुरा जोडिँदा यो जिल्ला भेला पनि त्यस्तै भयो जो केन्द्रीय समितिको बैठकमा भएको थियो । यसले भविष्यमा हुने यस्ता अरू भेला, वैठक पनि यसरी नै आएगएमा परिणत हुने हुन् कि भन्ने चिन्ता बढायो । जिल्लाको नेतृत्व निर्वाचन परिणामको प्रत्यक्षदर्शी निकाय हो । देशभरिका कांग्रेसका जिल्ला अगुवाहरूले भेला भएर विमर्श गर्दा समेत पार्टीमा आशा र उत्साहको वातावरण बन्न सकेन भने यो संगठनलाई कसरी जीवन्त पार्ने भन्ने कुरा आउँछ नै । अतीतको गौरव गाउनुभन्दा निराशाको चरणबाट गुज्रिरहेको, भविष्यको सम्भावना खोजिरहेको राजनीतिक पार्टीको कुनै पनि खालको भेलाको उपलब्धि उसले गर्ने निर्णयका अक्षरमा नभएर भेलाले जगाउने भावना, आशा र उत्साहमा खोज्नुपर्छ । यो पक्षबाट हेर्दा हेटौंडा भेलाको प्रस्ताव र निर्णय भनी कुन कुरालाई सम्झने भन्ने कुरा आउँछ ।
सुझाव कति सुनियो
यो भेलाकै सन्दर्भमा धेरैतिरबाट धेरै सुझाव आएका थिए । तिनलाई के कसरी आत्मसात् गरियो कि बेवास्ता भन्ने यतिबेला चर्चामा आएको छ । शुभचिन्तकले औंल्याएका छन्–कांग्रेसका सुधारका लागि हजार बुँदाको प्रस्ताव तयार पार्न सकिएला योजना बनाउन सकिएला तर मूल कुरा हो भित्रैदेखि परिवर्तन गर्नु र परिवर्तित हुने चाहना राख्नु । पार्टी संस्था कुनै वस्तु होइन, संस्था भनेको व्यक्तिहरूको सामूहिक अभिव्यक्ति हो । कांग्रेसलाई पुनर्जीवन दिन पार्टी केन्द्रीय कार्यालय या जिल्ला कार्यालयहरूमा रंगरोगन गरेर हुँदैन, कार्यालयका फर्निचर फेरेर पनि हुँदैन । विभिन्न समितिमा बस्ने पात्रहरू फेरेर या थपेर पनि हुँदैन । नयाँनयाँ समिति बनाएर पनि हुँदैन । यसका लागि त्यागको संकल्प गर्नुपर्छ । केन्द्र होस् कि इकाइ सबैले आफ्नो जिम्मेवारी लिनुपर्छ र आफूबाट कमजोरी भएको भए भित्रैदेखि त्यसको महसुस गर्न पर्छ । पहिले केन्द्रले यस्तो महसुस गरेन भन्ने आरोप थियो । त्यसबेला तर्क आएका थिए पार्टी हारेको छैन । तर सबैले देखेभोगेको अवस्था चाहिँ भिन्न थियो । यसलाई एउटामात्रै उदाहरण दिएपुग्छ जस्तो केन्द्र र प्रदेश सबैतिर संवैधानिक पदमा कांग्रेसले उम्मेदवारीसमेत दिन आवश्यक नठान्नु । यी दृश्यहरूबाट पार्टी हारेको छैन भनिँदा कसैले पनि पत्याउने अवस्था दिँदैन र दिएन पनि । केन्द्रले जस्तो महसुस गरेको थियो अब त्यो जिल्लामा सरेको जस्तो देखियो । यसलाई सुधारतर्फको सकारात्मक काम भन्न सकिँदैन । अबका केही दिनभित्र महासमितिको बैठक बस्दैछ । केन्द्र र जिल्लाको बैठकको प्रतिविम्ब नै पुग्ला त्यहाँ पनि । देशले यतिबेला संघीय पद्धति अपनाएको छ । त्यही पद्धतिअनुसार स्थानीय निर्वाचनको एक वर्ष भयो र केन्द्रको ६ महिना । यति लामो समय बित्दा पनि कांग्रेसको आफ्नो संगठनलाई संघीय ढाँचामा ढाल्न सकिएको छैन । दिन बित्दै जाने र आफु चाहिँ यथास्थितिमा नै रहिरहने अवस्थाले संगठनमा परिवर्तन र गतिशीलताको सन्देश दिँदैन ।
(महर्जन, नेपाली कांग्रेसका निवर्तमान सांसद हुन् ।)
प्रतिक्रिया