काठमाडौं । क्यानडाले अमेरिकी करको अघिल्तिर आफूहरु घुँडा नटेक्ने दृढता देखाएको छ ।क्यानाडाकी विदेशमन्त्री क्रिष्टिया फ्रिलण्डले स्टील र आल्मुनियममा अमेरिकाले लगाएको नयाँ करसामु आफ्नो देश नझुक्ने बताए ।
विदेशमन्त्री फ्रीलण्डले देश भित्रका स्टील र आल्मुनियम उद्योगलाई सघाउन क्यानडाले डेढ अर्ब अमेरिकी डलर बराबरको सहायता कार्यक्रम सार्वजनिक गरेका छन ।
१६ दशमलव ६ अर्ब क्यानेडियन डलर मूल्य बराबरको अमेरिकी सामानमा क्यानाडाले लगाएको कर जुलाइ १ देखि कार्यान्वयनमा आउने फ्रीलण्डको भनाई थियो ।अमेरिकाले क्यानडालाई अरू कुनै विकल्प नदिई जवाफी कदम चाल्न बाध्य बनाएको उनले बताए ।
प्रतिक्रिया