काठमाठडौँ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षा क्षेत्रमा गरिएका कुनै पनि गल्तीको लागि माफी नदिइने बताएका छन् ।
शुक्रबार राष्ट्रिय परीक्षा बोर्डको तेश्रो वार्षिकोत्सवको उद्घाटन कार्यक्रममा उनले विद्यार्थीको भविष्यमाथि खेलबाड गर्नेगरी भएको गल्तीमा माफी नमिल्ने बताएका हुन् ।
एसईई परीक्षाको नतिजा प्रकाशनमा भएको त्रुटीका बारेमा उनले परीक्षाका विषयलाई गोप्य राख्नु पर्नेमा यसो हुन नसकेको भन्दै गोप्यता भंग गर्ने र गल्ती गर्ने कारबाहीको भागीदार हुने बताए ।
छानबिन समितिको प्रतिवेदन आएपछि दोषीलाई कारबाही गरिने उनले बताए । मन्त्री पोखरेलले भने, ‘एसईईको नतिजाको त्रुटीमा प्राबिधिक गल्ती भनेर पन्छिन पाइँदैन, विद्यार्थीको भविष्यमा खेलबाड हुनेगरी कुनै पनि काम गर्न पाइँदैन।’
उनले आगामी दिनमा यस्ता गल्ती नगर्न बोर्डलाइ सचेत पनि गराए । मन्त्री पोखरेलले घोकन्ते शैलीको पढाई अब काम नलाग्ने भन्दै विश्व बजारमा प्रतिस्पर्धा गर्ने शिक्षा आजको आवश्यकता भएकाले त्यसतर्फ अगाडि बढ्नु पर्नेमा जोड दिए ।
प्रतिक्रिया