काठमाडौं । गत जेठ २६ र २७ गते लिएको इपीएस कोरियन भाषाको परीक्षाको नतिजा सार्वजनिक भएको छ।
ईपीएस कोरिया शाखाले शुक्रबार परीक्षाको नतिजा सार्वजनिक गरेको हो। परीक्षाका शाखाका अनुसार यस वर्ष कुल ७ हजार ९ सय ९६ जना परीक्षार्थी उर्त्तीण भएका छन् ।
सन् २०१९का लागि कोरियाले करीब ७ हजार १ सय नेपाली कामदारको कोटा मागेभन्दा झण्डै ९ सय बढी परीक्षार्थी परीक्षामा पास भएका छन्।
यसका साथै कृषितर्फ २ हजार ९ सय ६८ विद्यार्थी र उत्पादनमुलक क्षेत्र (म्यानुफ्याक्टिङ)तर्फ ५ हजार २८ जना उत्तीर्ण भएका छन्।
प्रतिक्रिया