काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलोमा खसेको पहिरो पन्छाएपछि आज ११ः५० बजेबाट सवारी आवागमन सञ्चालनमा आएको छ ।नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार दुई लोडर र एक एक्साभेटरको सहायताबाट पहिरो पन्छाइएको हो ।बिहान ६ः३० बजे सो ठाउँमा पहिरो खसेको थियो ।
पहिरो खसेको ठाउँको भित्तामा खुकुलो गेग्र्यान रहेकाले रोकथाम गर्न नसकिएको हो । खनालका अनुसार पानी पर्नासाथ पहिरो खस्ने गर्छ । सो सडकको अन्य भागमा पहिरो रोक्न काम भइरहेको भए पनि हाल प्रयोग भएका प्रविधिले त्यहाँ काम गर्न नमिल्ने उनले बताए।भित्तामा खोपेर अड्याउन नमिल्ने भएकाले सो ठाउँमा काम गर्न नसकिएको हो ।
यसअघि पनि पानी पर्नासाथ सो ठाउँमा पहिरो खस्ने गरेको छ । सोही सडकमा मंगलबार बिहान पहिरो खसेपछि ११ घण्टा सवारी आवागमन अवरुद्ध बनेको थियो ।
प्रतिक्रिया