काठमाडौँ । नेपाली कांग्रेस मुलुकको नयाँ संरचनासँग मिल्ने पार्टीको विधान बनाउनका लागि विधान मस्यौदा समिति गठन गर्दै महासमितिको बैठकको तयारीमा जुटेको छ । गत चैत्र ९ गते देखि १६ गते सम्म बसेको केन्द्रिय समिति बैठकले आउदो भदौ सम्म महासमिति बैठक बोलाउने निर्णय गरेको थियो ।
महासमितिको बैठक नेपाली कांग्रेसको विधान संसोधन गर्ने बैधानिक निकाय हो । विधान मस्यौदा समितिले तयार पारेको प्रस्तावित विधानलाई केन्द्रीय कार्यसमितिले पास गरेर महासमितिको बैठकमा लैजानुपर्ने व्यवस्था कांग्रेसको विधानमा छ । स्थानीय, प्रदेश तथा केन्द्रीय तहमा भएको राज्य पुनर्संरचना भएपनि कांग्रेसको विधान सो अनुसार छैन् ।
केन्द्रिय बैठकले आगामी भदौसम्म महासमिति बैठक बस्ने निर्णय गरे पनि मिति तय भएको छैन । हेटौडामा सम्पन्न जिल्ला सभापतिहरुको भेलाले महासमितिको स्थान र मिति अबिलम्ब तोक्न केन्द्रिय कार्यसमितिलाई आग्रह गरेको थियो । पार्टी विधान संशोधन तथा परिमार्जनको लागि काग्रेसले क्षेत्र, जिल्ला, प्रदेश तथा सामुहिक रुपमा पनि सुझावहरु संकलन गरिरहेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
प्रतिक्रिया