देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नाइजेरियामा किसान र गोठालाबीचको झडपमा ८६ जनाको मृत्यु

देशान्तर

नाइजेरियामा किसान र गाईवस्तु चराउने गोठालाबिच झडप हुँदा कम्तिमा ८६ जनाको ज्यान गएको छ । नाइजेरियाको मध्य क्षेत्रका हिंसा भड्किएको प्लाटेएउ राज्यको प्रहरीले जनाएको छ ।

किसान र गाईवस्तु चराउने गोठाला समुदायबिच गएको बिहीबारदेखि हिंसा भड्किएको हो । सुरुमा बेरोम किसान समुदाय र फुलानी गोठाला समुदायबिच हिंसा सुरु भएको हो । त्यसपछि शनिबार हिंसाले उग्र रुप लिएको हो ।

यो क्षेत्रमा दशकौँदेखि जमिनको स्वामित्वलाई लिएर जातीय समुदायबिच झडप हुने गरेको छ । हिंसापछि सरकारले राज्यका तीन क्षेत्रमा कर्फ्यू लागु गरेको छ ।

घटनामा ६ जना घाइते भएका छन् । घटनामा ५० वटा घर जलाइएका छन् । यस्तै १५ मोटरसाइकल र दुई गाडी पनि घटनाको क्रममा जलेको प्रहरीले जनाएको छ ।