देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संयुक्त राष्ट्रसंघ सशस्त्रमा एफपीयू मिसन थप्न सकारात्मक

देशान्तर

काठमाडौं । संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा नेपालको ससस्त्र प्रहरी बलकोे मिसन थप गर्न संयुक्त राष्ट्रसंघ सकारात्मक भएको छ । सशस्त्र प्रहरी बल नेपालका तर्फबाट नयाँ एफपीयू (फम्र्ड पुलिस युनिट) मिसन थप गर्न राष्ट्रसंघ सकारात्मक भएको हो । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र संयुक्त राष्ट्रसंघको डीपीकेओ (डिपार्टमेन्ट अफ पिस किपिङ अपरेसन) का उच्च अधिकारीबीच भएको भेटवार्तामा एफपीयू मिसन थपका लागि सकारात्मक छलफल भएको हो । खनाल दोस्रो युनाइटेड नेसन्स चिफ अफ पुलिस समिटमा सहभागी हुन अमेरिका गएका पुगेका बेलामा सो छलफल भएको हो ।

संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयमा भएको सो छलफलमा संयुक्त राष्ट्रसंघका उच्च अधिकारीले शान्ति मिसनमा सशस्त्र प्रहरीले पु¥याएको योगदानको प्रशंसासमेत गरेका छन् । सो छलफलमा संयुक्त राष्ट्रसंघले शान्ति स्थापना कार्यमा सशस्त्र प्रहरी बल नेपालले अझै बढी योगदान पु¥याउन आग्रह गर्दै यूएनको नीतिअनुसार एफपीयू मिसनमा महिला प्लाटुनसमेत बढाउन आग्रह गरेको छ । संयुक्त राष्ट्रसंघको मुख्यालयमा त्यहाँका उच्च अधिकारी तथा सशस्त्र प्रहरी महानिरीक्षक खनालबीच शुक्रबार भएको छलफलमा इन्डिभिजुअल पुलिस अफिसरका रूपमा विभिन्न शान्ति मिसनमा खटिने सशस्त्र प्रहरी कर्मचारीको संख्या वृद्धि गर्ने सम्बन्धमा समेत छलफल भएको छ । डीपीकेओले संख्या थप गर्ने आश्वासनसमेत दिएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले बिहीबार, शुक्रबार र शनिबार संयुक्त राष्ट्रसंघका उच्च अधिकारीलगायत विभिन्न देशका प्रहरी प्रमुखसँग छलफल गरेका थिए । छलफलका क्रममा विभिन्न मुलुकका सुरक्षा संगठनले गर्ने काम कारबाहीको शैली तथा अपराधको अवस्था र नियन्त्रणको प्रयाससम्बन्धमा समेत छलफल भएको थियो ।