देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसको १९ बुँदे हेटौँडा घोषणा पत्र जारी

देशान्तर

काठमाडौँ ।१९ बुँदे हेटौंडा घोषणापत्र जारी गर्दै कांग्रेस जिल्ला सभापतिहरुको भेला सकिएको छ । तीन दिनसम्म चलेको भेलाले सरकार सर्वसत्तावाद उन्मुख भएको निष्कर्ष निकालेको छ ।

जारी कांग्रेस घोषणपत्रमा कम्युनिस्ट सरकारले सञ्चार माध्यममा निशेध र नियन्त्रणकारी हस्तक्षेप, न्यायपालिकालाई प्रभावित पार्ने अभिव्यक्ति, कर्मचारी र शैक्षिक क्षेत्रमाथि अन्यायपूर्ण आतंक, एनजीओमाथि नियन्त्रणकारी रबैया अपनाएको अरोप लगाइएको छ ।

भेलाले गणतन्त्र, संघीयता, स्वतन्त्र न्यायपालिका, प्रेस स्वतन्त्रता लगायतका लोकतान्त्रिक मूल्यमान्यताको रक्षाका लागि दृढतापूर्वक उभिने निर्णय गरेको छ । असार ५ गतेबाट सुरु भएको जिल्ला सभापतहिरुको भेला आज १९ बुँदे घोषणपत्र जारी गरेको हो । जिल्ला सभापतिहरुले दिएको सुझावलाई पारित गरेपछि केन्द्रीय स्तरका पदाधिकारीको बैठकले घोषणपत्र जारी गरेको हो ।

भेलाले १ नम्बर प्रदेशबाट इलामका सभापति हिमालय कर्माचार्य, २ नम्बर प्रदेशबाट पर्साका सभापति अजय द्वीवेदी, ३ नम्बर प्रदेशबाट काभ्रेका सभापति मधु आचार्य, ४ नम्बर प्रदेशबाट स्याङ्जाका सभापति कमल पंगेनी, ५ नम्बर प्रदेशबाट रोल्पाका सभापति अमरसिंह पुन, ६ नम्बर प्रदेशबाट रुकुम (पश्चिम) का सभापति प्रेमप्रकाश ओली र ७ नम्बर प्रदेशबाट कञ्चनपुरका सभापति हरिप्रसाद बोहरालाई विधान सम्बन्धि ड्राफ्ट तयार गर्ने जिम्मेवारी दिएको थियो ।