काठमाडौं ।चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई गार्ड अफ् अनर प्रदान गरिएको छ । भ्रमणको आज तेस्रो दिन ग्रेट हल अफ् पिपुल्समा प्रधानमन्त्री ओलीलाई गार्ड अफ् अनर प्रदान गरिएको हो । कार्यक्रममा चिनियाँ प्रधानमन्त्री लि खछ्याङ सहभागी रहेको थियो ।
त्यसअघि प्रधानमन्त्री ओलीले चिनियाँ जनकंग्रेस स्थायी समितिका अध्यक्ष लि झाङसुसँग भेटवार्ता गरेका हुन ।ग्रेट हल अफ् दि पिपुल्समा विहिबार भएको भेटवार्तामा आपसी हित र द्विपक्षीय सम्बन्धका बारेमा कुराकानी भएको थियो ।प्रधानमन्त्री ओलीले चिनियाँ जनकंग्रेसको अध्यक्षमा निर्वा्चित हुनुभएकामा लिलाई बधाई दिँदै सफल कार्यकालको कामना गरेका थिए ।
अध्यक्ष लि ले नेपालको भूकम्प र त्यसले पारेको प्रभाव र पुनःनिर्माणमा भइरहेको प्रगतिका बारेमा प्रधानमन्त्री ओलीसँग जिज्ञासा राखेका थिए । भेटवार्तामा नेपाली प्रतिनिधिमण्डलको समेत सहभागिता थियो ।
प्रतिक्रिया