काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले आज बेइजिङस्थित चाइना कम्युनिष्ट पार्टी सिपिसी केन्द्रीय समितिको कार्यालयमा रहेको संग्रहालयको अवलोकन गरेका छन् ।सिपिसीको पार्टी स्कुलले आयोजना गर्ने छलफलमा सहभागी हुनुपूर्व प्रधानमन्त्री ओलीले उक्त संग्रहालयको अवलोकन गरेका हुन् ।
संग्रहालयमा चिनियाँ कम्युनिष्ट पार्टीको इतिहास झल्काउने विविध सूचनासहितको सामग्री राखिएका छन् ।अवलोकनका क्रममा प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्यसहित भ्रमणदलमा सहभागी मन्त्रीहरु, सांसद र सरकारी उच्च अधिकारीको सहभागिता थियो ।
यस संग्रहालयमा कम्युनिष्ट नेताले आफ्ना कार्यकर्तालाई कसरी अनुशासित गर्ने तथा पार्टीका बारेमा कसरी प्रशिक्षित गर्ने भन्ने कुरा झल्काइएको छ ।प्रधानमन्त्री ओलीले पार्टी स्कुल विभागको आयोजनामा विकास र समृद्धिमा राजनीतिक दलको भूमिका विषयमा प्रवचन दिएका छन् भने आजै चीनका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दै छन् ।
प्रतिक्रिया