एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गैर आप्रवासी नागरिकसम्बन्धी आफ्नो नीति परिवर्तन गरेका छन । यस अघि आप्रवासी नागरिकप्रति ट्रम्पको नीतिको आलोचना भएपछि उनले नीति परिर्वतन गरेका हुन ।
ट्रम्पको नीति अनुसार कागजात पूरा नभएका आप्रवासीलाई बन्धक बनाउँदा उनीहरुका सन्तानलाई अन्तै लगिएको थयो । अभिभावकबाट विछोडिएका बालबालिकाको तस्बिर सार्वजनिक भएपछि विश्वव्यापी रुपमा विरोध सुरु भएको थियो ।
ट्रम्पले अभिभावकबाट टाढिएका बालबालिकाको तस्बिरकै कारण आफू आफ्नै नीतिबाट पछि हटेको बताएका छन । उहनले अन्तत गैर आप्रवासीका बालबालिका आमाबाबुसँग अलग नहुने आदेशमा हस्ताक्षर गरेका छन ।
उनले आप्रवासीका परिवारलाई एकसाथ बस्न दिने प्रतिवद्धता पनि जनाएका छन । यो नीति अनुसार अब अमेरिकामा गैर कानुनी रुपमा बसिरहेका आप्रवासीका परिवारलाई एकसाथ हिरासतमा लिइनेछ ।
तर हिरासतमा आमाबाबुसँगै बालबालिकालाई राख्दा नकारात्मक प्रभाव पर्ने शंका भए बालबालिकालाई छुट्टै पनि राख्न सकिने नीतिमा उल्लेख भएको जनाइएको छ । नीति कहिलेदेखि लागू गर्ने भन्ने बारेमा भने केहि खुलाइएको छैन ।
प्रतिक्रिया