काठमाडौँ । खानेपानी पाईप खरिद प्रक्रियामा घोटाला भएको विषयमा खानेपानी मन्त्रालयले नेपाल खानेपानी संस्थानका निर्देशक भुपेन्द्र प्रसादमाथि छानबीन शुरु गरेको छ । गर्त वर्ष खानेपानी संस्थानका लागि पाइप खरिदा गर्दा २५ करोड घोटाला गरेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको थियो ।
पाइप खरिद गर्दा किरण वैद्यको एक्जिम नेपाल र भाइराजा नकर्मीको फर्मसँग मिल्ने क्राइटेरिया बनाई २५–२५ करोड रुपैयाँको टेण्डर पारेको भन्दै अख्तियारमा उजुरी परेको थियो । दुबै टेण्डरलाई नियतवश १०(१० दिनको फरकमा निकालिएको र सार्वजनिक खरिद ऐन अन्तर्गत ग्लोबल टेण्डर नगरी उल्लिखित दुबै फर्मलाई उक्त टेण्डर दिइएको आरोप उजुरीमा थियो ।
टेण्डरमा दुबै फर्मलाई ५० करोडको पाइप खरिद गर्न भनिएपनि नेपालगञ्ज भन्सार नाकाबाट १२ करोड र भैरहवा सुनौली भन्सार नाकाबाट १३ करोडको पाइप मात्रै भन्सार पास भएकोले २५ करोड घोटाला भएको उजुरीका आधारमा मन्त्रालयले छानबीन समिति गठन गरेको हो । अख्तियारले समेत छानबीनका लागि निर्देशन गरेको र मन्त्रालयले संस्थानका बारेमा नियमितजसो गुनासो आउन थालेपछि छानबीन समिति गठन गरेको छानबीन समितिका संयोजक गुणराज श्रेष्ठले बताए ।
प्रतिक्रिया