देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बहिरियो काश्मिर प्रदेशबाट भाजपा

देशान्तर

काठमाडौं । केन्द्रीय सत्तारुढ दल भारतीय जनता पार्टी भाजपाले काश्मिर प्रदेशको सत्तारुढ गठबन्धन तोडेको छ ।

आफूहरूले अपेक्षा गरेअनुसार गठबन्धन सरकारले काम गर्न नसकेकाले गठबन्धनमा बसिरहन सक्ने अवस्था नरहेको भाजपाले जनाएको छ ।

आतङ्कवाद र हिंसा अन्त्यका लागि पनि प्रभावकारी भूमिका सरकारले खेल्न नसकेको भाजपाका नेताहरूको भनाई छ ।

नयाँ दिल्लीमा पत्रकारहरूसँग कुराकानी गर्दै भाजपाका वरिष्ठ नेता राम माधवले प्रधानमन्त्री नरेन्द्र मोदी र पार्टीका केन्द्रीय अध्यक्ष अमित शाहसँगको परामर्शमै गठबन्धन तोडिएको जानकारी दिए ।