काठमाडौं । गृह मन्त्रालयले लागूऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्रा्ष्ट्रिय दिवस सप्ताहव्यापी अभियान चलाउँदै मनाउने भएको छ ।
बुधबारबाट ‘स्वस्थ, सबल र समृद्ध नपालको प्रतिबद्धता लागूऔषध अपराधविरुद्धको ऐक्यबद्धता’ भन्ने नारासहित देशभर अभियान थालिएको हो ।यो दिवस हरेक वर्षको २६ जुनमा मनाउने गरिन्छ ।
अभियानको अवसरमा सरोकारवालाहरुसँग समन्वय गरी ७७ वटै जिल्ला प्रशासनलाई सचेतनामूलक कार्यक्रम गर्न गृहले निर्देशन दिएको छ ।
प्रतिक्रिया