देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तपाइहरु वामपन्थी जस्तै मिल्नुसः कोइराला

देशान्तर

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले पार्टी सभापति शेरबाहादुर देउवा र बरिष्ठ नेता पौडेललाई मिलेर अघि बढ्न आग्रह गरेका छन ।

मकवानपुरको हेटौंडामा मंगलबारबाट शुरु भएको जिल्ला सभापतिहरुको राष्ट्रिय भेला उद्घाटन समारोहमा कोइरालाले दुबै नेतालाई आपसी तिक्तता मेटेर पार्टीको भविश्यका लागि भएपनि एकता गर्न आग्रह गरे ।

उनले पद र प्रतिष्ठाका लागि पार्टीलाई दाउमा राखेर गुट—उपगुट बनाउदा कांग्रेसको भविश्यको बाटो अल्मलिदा देश र जनतामा अन्यौलको अवस्था सिर्जना भएको भन्दै दुई नेता पार्टी,देश र जनताका लागि पनि मिल्न आवस्यक भएको बताए ।
महामन्त्री कोइरालाले सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच असन्तुष्टि र बेमेल बढ्नुको कारण आफुले थाहा पाउन नसकेको भन्दै दुई नेताको बेमेलको कारण आम कार्यकर्ताले जान्न पाउनु पर्ने बताए ।

उनले बामपन्थीहरु एक हुन सक्छन् भने कांग्रेसका दुइजना नेता किन मिल्न नसक्ने भन्दै प्रश्न उठाए । कोइरालाले आपसमा मेल नहुँदासम्म कांग्रेस र कांग्रेसीहरुको भविष्य उज्ज्वल हुन नसक्ने जिकिर पनि गरे ।

उनले एक आपसमा मिलेर कांग्रेसले पच्छ्याएको बाटोमा अग्रसर भएर राष्ट्र निर्माणमा लाग्नुको बिकल्प दावी गर्दै कोइरालाले अहिलेको कांग्रेसलाई आगामी ५ बर्षमा एक नम्बरको पार्टी बनाउन नेताहरुका बीचमा रहेको मनमुटावलाई हेटौडा भेलाबाट समाप्त गर्नुपर्ने बताए ।