काठमाडौँ । कक्षा ११ र १२ का लागि तयार पारिएको राष्ट्रिय पाठ्यक्रम विवादमा आएपछि एक वर्ष परीक्षण गरेर मात्रै कार्यान्वयनमा ल्याइने भएको छ । नयाँ पाठ्यक्रम २०७६ को शैक्षिक सत्रबाट कार्यान्वयनमा ल्याइने पाठ्यक्रम विकास केन्द्रले जनाएको छ ।
नयाँ पाठ्यक्रमबारे विवाद बढेपछि राष्ट्रिय पाठ्यक्रम तथा मूल्यांकन परिषद्ले तत्कालका लागि परीक्षणका रूपमा मात्रै कार्यान्वयन गर्ने निर्णय गरेको छ । शिक्षाविद्, गणितरविज्ञानका विषयविज्ञ, निजी शैक्षिक संस्था र पुस्तक प्रकाशकहरूले यसै वर्षदेखि नयाँ पाठ्यक्रम लागू गर्ने निर्णयको विरोध गरेका छन ।
पाठ्यक्रमको नेपाल बिद्यार्थी संघ लगायतका बिद्यार्थी संगठनहरुले पनि बिरोध गरेका छन । उनीहरुले गणित र विज्ञान विषयमा आवश्यक बिषय नराखि पाठ्यक्रम तयार गरेको ओरोप लगाएका छन ।
विज्ञ,निजी विद्यालय सञ्चालक र पुस्तक प्रकाशकहरूले पनि पुर्ण तयारीपछि मात्रै कार्यान्वयनमा ल्याउन दबाब दिएका छन । शिक्षाविद्हरूले समेत हतारमा पाठ्यक्रम कार्यान्वयन गर्न लागिएको भन्दै विरोध जनाएपछि रोकिएको हो।
परिषदले भने केही विद्यालयमा नमुनाका रूपमा नयाँ पाठ्यक्रम लागू गर्ने तयारी गरेको छ । यसअघि केन्द्रले कक्षा ११ को पाठ्यक्रम आगामी साउनबाट लागू गर्ने तयारी गरेको थिथो ।
चारैतिरबाट बिरोध आएपछि परिषदले नयाँ निर्णय गर्दै कक्षा ११ को साउनबाट सुरु हुने शैक्षिक सत्रमा पुरानै पाठ्यक्रम अनुसार पठनपाठन गराउने भएको छ ।
बिज्ञहरुको राय अनुसार शिक्षामन्त्री गिरिराजमणि पोखरेल पनि छलफल गर्न एक वर्षका लागि पाठ्यक्रमलाई परीक्षणका रूपमा लागू गर्न सहमत भएका छन ।
प्रतिक्रिया