देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कम्युनिस्टहरु लोकतन्त्रवादी हुन सक्दैनन्ः सभापति देउवा

देशान्तर

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्टहरु लोकतन्त्रवादी हुन नसक्ने दाबी गरेका छन् । सरकार सर्वसत्तावादी चरित्रतर्फ उन्मुख भएको भन्दै उनले गणतन्त्र, लोकतन्त्र र संघीयता जोखिममा परेको दाबी गरेका हुन् । हेटौडामा मंगलबार देखि सुरु भएको जिल्ला सभापतिहरुको भेलालाई सम्बोधन गर्दै देवाले कम्युनिस्टको हातमा लोकतन्त्र कदापी सुरक्षित हुन नसक्ने दावी गरे ।

उनले कम्युनिष्ट लोकतन्त्रवादी हुन सक्दछन् भन्नु बाघ शाकाहारी हुन्छ भन्ने जत्तिकै भएको बताए । सरकार भाषणमा संघीयता र काममा कम्युनिस्टको जनवादी केन्द्रीयतातर्फ उन्मुख भएको उनको दाबी छ । प्रधानमन्त्री के.पी ओलीको राष्ट्रवाद पनि लम्पसारवादमा परिवर्तन भएको उनले जिकिर गरे । सभापति देउवाले संविधानको संरक्षण गर्ने र देशलाई कम्युनिष्टको अधिनायकवादवाट जोगाउने जिम्मेवारी कांग्रेसकै काँधमा आएको बताए ।

कांग्रेसले एउटा लडाइा हारेको तर, मैदान नहारेको भन्दै उनले कमजोर मानसिकता होइन, उच्च मनोबलका साथ अगाडि बढ्न आग्रह गरे । देउवाले आफ्ना लागि राष्ट्र, लोकतन्त्र र काग्रेस भन्दा प्रिय केही नभएको भन्दै बाँकी जीवन पनि यसैमा समर्पित गर्ने बताए । उनले कांग्रेसलाई फेरि पहिलो पार्टी बनाउने आफनो अभियानमा एकजुट भई सहयोग गर्न पनि आहृवान गरेका छन् ।