देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जम्बो टोली बोकेर प्रधानमन्त्री ओली ६ दिने औपचारिक भ्रमणमा आज चीन जाँदै

देशान्तर

काठमाडौँ । प्रधानमन्त्री केपी ओली चिनियाँ सरकारको निमत्रणमा जम्बो टोलीका साथ आज चीन जाँदै छन ।
चीन भ्रमणका क्रममा ओलीले चीनसँग नेपालको विकास एवं पूर्वाधार निर्माणमा सहयोग र सहकार्यको प्रस्ताव राख्ने भएका छन ।

उनले ऊर्जा, रेलवे निर्माण र भूकम्पपछिको पुनर्निर्माणमा दुईपक्षीय सम्झौता र समझदारीमै हस्ताक्षर हुने जानकारी दिएका छन ।

प्रधानमन्त्री केपी ओलीले चीनको ६ दिने औपचारिक भ्रमणका एजेन्डाबारे सोमबार संघीय संसद्का दुवै सदनलाई जानकारी गराएका छन ।

नेपालको चीनसँगको व्यापार घाटा, रेल र सडक सञ्जाल, प्रसारण लाइन निर्माणलगायतमा चिनियाँ सहयोग र सहकार्यबारे छलफल हुनेछ ।

आजबाट हुने चीन भ्रमणका एजेन्डाबारे सोमबार संघीय संसद्का दुवै सदनलाई जानकारी दिँदै प्रधानमन्त्री ओलीले ‘ऊर्जा, रेलवे, पुनर्निर्माणमा दुईपक्षीय सम्झौता र समझदारीमा हस्ताक्षर नै हुने दावी गरेका छन ।

ओलीले आफ्नो अघिल्लो कार्यकालमा भएका सम्झौता र सहमति कार्यान्वयनबारे थप कुराकानी हुने बताउदै विगतका सम्झौता र संयुक्त वक्तव्यमा उल्लेख भएका कुरामा थप छलफल गर्ने जानकारी दिएका छन ।

उनले नेपालका प्राथमिकताबारे चीनलाई जानकारी गराउँने विकासका सन्दर्भमा नेपाललाई के कस्तो सहयोग गर्न चीन तयार छ भन्ने बिषयमा प्रस्ताव राख्ने बताए ।

उत्तर–दक्षिण सडकहरू निर्माणमा समझदारी हुने सम्भावना प्रधानमन्त्रीले औंल्याएका छन । उत्तर–दक्षिण जोड्ने सडकहरू, केरुङ र तातोपानी नाकाका सडक स्तरोन्नति तथा चीन जोड्ने उत्तर–दक्षिण करिडोरमा यसपटक समझदारी हुने सम्भावना रहेको ओलीले बताएका छन ।

भारतले नाकाबन्दी लगाएयता नेपालले चीनसँग उत्तर–दक्षिण सडक निर्माणमा जोड दिँदै आएको छ । त्यसका लागि ६ वटा नाकाबाट सडक सञ्जाल जोड्न सकिने निष्कर्ष संसदीय समितिले यसअघि नै निकालिसकेको छ ।

ओलीको पहिलो प्रधानमन्त्रीकालमा भएको भ्रमणकै क्रममा नेपालले चीनसँग यो प्रस्ताव राखेको थियो । अहिले पनि नाका खुलाउने विषय प्राथमिकतासाथ राखिने जानकारी ओलीले दिएका छन ।

पहिलो कार्यकालदेखि नै चिनियाँ रेललाई प्राथमिकतामा राखेका ओलीले यसपटक यस विषयमा चिनियाँ पक्षसँग विशेष कुराकानी हुनेछ । चिनियाँ समकक्षी ली खछ्याङलगायतसँग हुने छलफलमा यी विषय प्राथमिकतासाथ उठाउने जानकारी ओलीले दिएका छन  ।

चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको शिष्टाचार भेटमा पनि चीनसँगको सम्बन्ध सुदृढ गर्नेबारे कुराकानी हुनेछ । पर्यटन प्रवद्र्धनमा चीनबाट लिन सकिने लाभ र पर्यटन विकासका विषयमा व्यापारिक समूहहरूसँग पनि छुट्टै छलफल गरिने प्रधानमन्त्रीले जनाएका छन ।