देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक भोली बस्दै

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसले जिल्ला सभापतिहरुको भेलाको पूर्वसन्ध्यामा केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । कांग्रेसले भोलीका लागि मकवानपुरको हेटौंडामा केन्द्रीय कार्यसमिति बैठक बोलाएको हो । कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार अपरान्ह ४ बजेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाइएको जानकारी दिँदै बैठकमा समसामयीक राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने बताए ।

मंगलबारबाट सुरु हुने जिल्ला सभापतिहरुको भेलालाई केन्द्रित गरेर पार्टीको केन्द्रीय कार्यसमिति बैठक बोलाइएको हो । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले पराजय ब्यहोरेपछि सभापति देउवाको आलोचना हुँदै आएको छ ।हेटौंडामै मंगलबारबाट कांग्रेसका जिल्ला सभापतिहरुको तीन दिने भेला सुरु हुन गइरहेको छ । कांग्रेसले सभापतिहरुको भेलाका लागि तीन वटा एजेण्डा तय गरेको मुख्य सचिव पौडेलले बताएका छन ।

उनले भेलाका लागि विधान संशोधन, संगठन सुदृढीकरण र समसामयिक राजनीतिक अवस्थाका बारेमा छलफल गर्ने गरी एजेण्डा तय गरिएको बताए ।कांग्रेसका जिल्ला सभापतिहरुको भेलाले विधान संशोधन गरेर पार्टी सुदृढीकरणलाई प्राथमिकता दिने बताइएको छ । सभापतिहरुको भेलामा निर्वाचनमा व्यहोर्नु परेको पराजयमा पार्टी नेतृत्व तहबाट भएका कमी–कमजोरी, आगामी दिनमा अंगिकार गर्नुपर्ने रणनीति लगायतका विषयमा छलफल हुने पार्टी कार्यलयका मुख्य सचिव पौडेलले बताए ।