काठमाडौं । नेपाली कांग्रेसले असारको ५–७ हेटौडामा हुने जिल्ला सभापतिहरुको भेलाको तयारी सम्पन्न भएको छ । टाढाको जिल्लाका सभापतिहरु भेलामा सहभागिता जनाउनका लागि हेटौडा तर्फ हिड्नेक्रम समेत सुरु भएको छ । कम्युनिस्ट सरकारले चालेका कदम र त्यसले पार्ने प्रभावका सन्दर्भमा जिल्ला सभापति र सचिवहरूलाई लिखित प्रतिवेदन ल्याउन निर्देशन दिएको थियो । सोही अनुरुप जिल्ला सभपातिहरुले राज्यको बर्तमान संरचना अनुसारको पार्टी विधानका बारेमा छलफल गर्ने अधिकांशको एजेण्डा देखिएको छ । प्रदेश ३ को राजधानी हेटौंडामा हुने जिल्ला सभापतिहरुको भेलाको उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले गर्नेछन् । अधिकांश सभापतिहरुले विधान संसोधनका पार्टी संगठनको संरचना बदल्नुपर्ने पक्षमा देखिएका छन् । जिल्ला सभापतिहरुको भेलाका सन्दर्भमा उनीहरुको प्रतिक्रिया :
केन्द्रको नेतृत्वलाई भेट्नसमेत पाइएन : लीला बोखिम, ताप्लेजुङ
हेटौडा भेलामा मुख्यगरी पार्टी विधानका विषयमा नै छलफल हुन्छ । अहिलेको राज्यसँग मिल्ने विधान बनाउनु जरुरी छ । महासमिति बैठकमा दलको विधानका विषयमा छलफल भएर पारित गर्नुपर्ने भएकाले सबै जिल्लाका सभापतिको भेलाको मुख्य एजेण्डा पनि यही हो । विधानका अतिरिक्त पार्टी संगठनका विषयमा पनि छलफल हुनेछन् । विधानमा प्रदेश समितिको व्यवस्था भए पनि अहिलेसम्म प्रदेश समिति बन्न सकेनन् । अहिले विधान बन्ने बेलामा गाउँपालिका स्तरका समिति बनाइयो । सबै गाउँपालिकाको प्रतिनिधित्व हुने गरी जिल्ला समिति बन्नुपर्ने तथा दलको महाधिवेशनमा समेत गाउँपालिका स्तरबाट प्रतिनीधित्व हुनुपर्छ ।
अर्को भनेको जिल्लामा बसेर काम गर्नेलाई केन्द्रको नेतृत्वले गुनासो पोख्नका लागि समयसम्म दिएन । पार्टी सभापतिलाई हामीले भेट्न समस्या छ । नेताहरुलाई भेट्नका लागि पार्टी केन्द्रीय कार्यालयमा पुग्यो । कोही नेता पनि पार्टी केन्द्रीय कार्यालयमा पुग्नुहुन्न । सबै नेताका घरमा पुग्नुपर्छ । जिल्लामा काम गर्ने धेरै साथीले दलको नेतृत्वलाई गुनासोसमेत राख्न पाएका छैनन् ।
निर्वाचनका बेलामा पनि नेतृत्वबाट उचित सहयोग पाएनौ । टिकट बाँड्नचाहिँ केन्द्रले हस्तक्षेप ग¥यो तर स्थानीय निर्वाचनमा सबै तहका उम्मेदवारले केन्द्रका नेतालाई बोलाइदिनका लागि आग्रह गर्नुभएको थियो । तर केन्द्रीय नेता एकजनासमेत प्रचारका लागि जानुभएन । हामीले यसरी साथीहरुलाई केन्द्रबाट सहयोग पाउन नसक्दा २०÷३० भोटले समेत स्थानीय तह गुमाउन पुगेका छौ । केन्द्रले प्रत्यक्ष देखिने गरी नीतिगत विषयमात्रै होइन– स्थानीय र प्रदेश प्रतिनीधिसभाको निर्वाचनमा सहयोग पाइएन ।
केन्द्रीय नेता पनि तल्लो तहबाट आउनुपर्छ : नरेश श्रेष्ठ, खोटाङ
मुख्य विषय भनेको दलको विधान संशोधन नै हो । विधानलाई अहिलेको राज्यको संरचना भनौ वा संघीय संरचनाअनुसारको बनाउनु छ । त्यसका लागि महाधिवेशनको बैठकअगावै हुन लागेको जिल्ला सभापतिहरुको भेलामा यो विषयमा छलफल हुन्छ । विधानमा अब दलको केन्द्रीय समितिमा भएका सबै नेताले पनि महाधिवेशन प्रतिनिधि तथा गाउँ तथा क्षेत्रीय प्रतिनिधि हुनका लागि बुथ समिथिबाट प्रतिष्पर्धा गर्ने व्यवस्था राखिनुपर्छ अन्यथा एकपटक केन्द्रीय सदस्य भएको मान्छे गाउँमा कहिल्यै नजाने प्रवृत्ति देखिएको छ । अर्को भनेको दलको राज्यको संरचनासँग मेल खानेगरी दलको विधान संशोधन गरेर त्यो विधानअनुसारको संरचना बनाउनका लागि तत्काल अधिवेशनको सुरुवात गर्नु जरुरी छ । अहिलेसम्म केन्द्रले जिल्लामा संगठन विस्तारका लागि केही काम गरेको छैन । एउटा पनि परिपत्र तथा निर्देशन केन्द्रीय समितिबाट आएको जानकारी छैन ।
काँग्रेसको विधान राज्यको संरचनाजस्तै हुनुपर्छ : कमलराज रेग्मी, सुर्खेत
पार्टी विधानलाई संशोधन गरेर पुरानो संरचनालाई हटाएर नयाँ संरचनाअनुसारको संगठन बनाउने विषय जिल्ला सभापतिको भेलाको पहिलो लक्ष्य यही हो । अब दलको संगठन वडा तहलाई प्रारम्भिक तह मानेर संगठनको संरचना तयार पार्नुपर्छ । राज्यको संरचनासँग मिल्दो संगठन बनाउनुपर्छ । राज्यको संरचना अहिले तीन तहको राज्यको संरचना छ । काँग्रेसको संगठनको संरचना पनि यस्तै हुनुपर्छ अनिमात्र संगठन चलायमान हुन्छ ।
काँग्रेसले सबैलाई समेट्ने विषयमा यो अलि÷अलि प्रयास हो । अनि काँग्रेस जति पछि भयो– त्यति व्यवस्थापन गर्ने विषयमा चुकेका छौं । अब मुलुक एउटा प्रजातन्त्रवादीको धार र अर्को कम्युनिष्ट धार यो अवस्थामा काँग्रेसले मेरो÷तेरो नभनिकन दललाई एकताबद्ध बनाउन जरुरी छ । अहिलेसम्म काँग्रेसका केन्द्रीय नेतालाई जिल्लाको राय केही बुझ्दै नबुझी मेरो र तेरो भनेर टिकट वितरण गरेका कारण काँग्रेसको यो अवस्था आएको हो । यसो हुँदा ‘फिल्ड’मा छुटेका कार्यकर्ता बाहिर पर्दछन् ।
विधान र विपक्षीको भूमिकामा छलफल हुन्छ : कृष्णप्रसाद यादव, रौतहट
असार ७ गतेसम्म हुने जिल्ला सभापतिको भेलामा विशेषगरी काँग्रेसको संघीय विधान कस्तो बनाउने भन्ने विषयमा बढी केन्द्रित हुन्छ । मुलुक संघीयतामा गएपछि काँग्रेसको विधान पुरानो संरचनाजस्तै छ । त्यसैले प्रमुख विषय भनेको विधान संशोधन नै हो । अर्को भनेको अहिले सवै प्रदेश र संघीय संसद्मा पनि काँग्रेस प्रतिपक्षमा छ । त्यो भएकाले सभापतिहरुको भेलामा समेत प्रतिपक्षको भूमिकाका विषयमा पनि छलफल हुनु जरुरी छ । सबै प्रदेशमा संघीय संसद्मा अलिक कमजोर भ”मिकामा काँग्रेस देखिएको छ । यो अवस्थामा हामीहरुले सभापतिहरुको भेलामा छलफल गरेर एउटा निष्कर्षमा पुग्नु जरुरी छ ।
अर्को भनेको दलको संगठनमा अब नयाँ पुस्तालाई कसरी आर्कर्षित गर्ने भन्ने विषय महत्वपूर्ण बन्दै गएको छ । त्यो पुस्तालाई आकर्षणका लागि हामीले हाम्रो इतिहासमात्र बताएर पनि चल्नेवाला छैन । अब काँग्रेस वल्लो घर, पल्लो घर र बुबाआमा सबै काँग्रेस भएकाले म पनि काँग्रेस भन्ने होइन । म यसकारण काँग्रेस भएको स्पष्ट रूपमा भन्न सक्ने भन्ने बनाउनका लागि प्रशिक्षण आवश्यकता पर्दछ । यसो भयो भने दलको संगठन नयाँ शिराबाट माथि उठ्छ । युवाहरुलाई काँग्रेस बुझाउन सकेमा साँच्चै काँग्रेसको संगठन बन्छ ।
हिन्दू राष्ट्र बनाउने प्रस्ताव राख्ने : कर्ण मल्ल, डडेलधुरा
काँग्रेसका जिल्ला सभापतिको भेलामा नेपाललाई हिन्दू राज्य बनाउनुपर्छ भन्ने प्रस्ताव राख्ने तयारीमा छु । मैले काँग्रेसको जिल्ला सम्मेलन गरेर हिन्दू राष्ट्रको प्रस्ताव पास गरेको हो । अर्को भनेको अब काँग्रेसलाई नेतामुखी बनाउने कि कार्यकर्तामुृखी भन्ने विषय पनि टुंगो लाग्न्छ । पराम्परागत रूपमा चल्नका लागि अहिलेको जस्तै नेतामुखी काँग्रेस बनाउँदा ठीक छ । तर बलियो र सशक्त काँग्रेस बनाउनका लागि कार्यकर्तामुखी काँग्रेस बनाउनुप¥यो । यसका लागि अवसरको वितरण समुचित ढंगले वितरण गरिनुपर्छ । कार्यकर्तालाई अवसर र अधिकार दुवै दिएर अब काँग्रेसलाई समयानुक”ल बनाउनुपर्छ । गाउँ क्षेत्र जिल्ला वडा समितिहरु बनाउने तर अधिकारीचाहिँ वडा सदस्यको पनि टिकट केन्द्रले वितरण गर्ने भएपछि काँग्रेसको सुधार कसरी हुन्छ । अहिले पनि नेतृत्वलाई सुझाव नेतामुखी बनाउने हो भने काँग्रेसलाई केही गर्ने पर्दैन । दलका नेताले भनेको नै विधान मान्ने केही नगरे हुन्छ ।
केन्द्रका नेता जिल्ला आउनै छोडे : सुरेन्द्र आचार्य, कपिलवस्तू
विशेषगरी यो सभापतिहरुको भेलाको उद्देश्य भनेको दलको संगठन बलियो बनाउने भन्ने हो । गुट÷उपगुट र भागबण्डा अन्त्य गरेर काँग्रेसलाई बलियो बनाउनु जरुरी छ । अहिले काँग्रेसको नेतृत्व दृष्टिकोणहीन भएको छ । केन्द्रबाट जिल्ला÷जिल्लामा संगठन सञ्चालनका कुनै निर्देशन परिपत्र आएका छैनन् । एक ढंगले भन्नुपर्दा काँग्रेस केन्द्रीय समिति र जिल्लाको सम्पर्क छुटेको छ । जिल्ला÷जिल्लामा दलका गतिविधि शून्य छन् । कुनै निर्वाचन क्षेत्रमा क्षेत्रीय सभापति नै चार÷चारवटा छन् । त्यसैगरी गाउँपालिकाको नेतृत्व कसले गर्ने भन्ने हुँदा संगठनका कुनै काम हुन सकेका छैनन् । यो अवस्थामा काँग्रेसले जिल्लालाई केन्द्रले गाइड गर्नुपर्दथ्यो तर त्यसो काँग्रेसले गरेको छैन । अनुशासन भन्ने विषय काँग्रेसमा छँदैछैन । जिल्लाले कारबाही गर्छ अनि केन्द्रले त्यसैलाई फुकुवा गर्दछ । कारबाहीको अधिकार जिल्लालाई दिनुप¥यो । जिल्लाको कारबाहीका विषयमा जाँचबुँझ गर्ने वा पुनरावेदन गर्ने आधारचाहिँ केन्द्रले गर्ने गरे हुन्छ । केन्द्रीय नेताहरु कोही पनि गाउँ नजाने भए । अब उनीहरुले पनि दलको तल्लो तहबाट निर्वाचित भएर आउनुपर्ने व्यवस्था विधानमा गर्नु आवश्यक छ ।
प्रतिक्रिया