काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकका लागि सक्षम, समर्पित र आदर्शमुखी प्रशासक तयार गर्न निर्देशन दिएकी छन् ।लोकसेवा आयोगको ६८औं वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित समारोहमा उनले आयोगले कार्यसम्पादनमा आधुनिक नवीन प्रविधि र तालिम, अभिमुखीकरणबाट आवश्यक ज्ञान, सीप बढाउनेखालका कार्यक्रम बनाउन सुझाव दिइन् ।
राष्ट्रपति भण्डारीले भनिन–‘मुलुकमा स्थायित्व र दीगो शान्तिसहित आर्थिक समृद्धि हासिल गर्ने विषयलाई आयोगले आत्मसात् गर्नेछ । आयोगले तयार पारेको रणनीतिक योजनाबाट त्यो उद्देश्य हासिल हुनेछ ।
आयोगको महत्व, गरिमा र प्रतिष्ठामा कहीँ–कतै आँच आउने काम कसैबाट हुनुहुन्न भन्ने पक्षलाई मनन् गर्न सुझाव दिँदै उनले कामकारबाहीमा निष्पक्षता, पारदर्शिता र गुणस्तरीयता सदासर्वदा कायम गराउने मूल दायित्वलाई नभुल्न निर्देशन दिइन् ।
प्रतिक्रिया