काठमाडौं । लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले गलत भर्ना प्रक्रियाका कारण प्रशासन संयन्त्रभित्र स्थायी खराबीहरु प्रवेश गरेको बताएका छन् । नेपालको संविधान बमोजिमको लोक सेवा आयोग ऐन जारी नहुँदा काम गर्न असजिलो भएको भन्दै उनले आयोग सम्बन्धी विधेयक चाडो संघीय संसदमा प्रस्तुत गर्न सरकारसंग माग गरेका छन ।
मुलुक परिर्वतनलाई कुशल व्यवस्थापन गर्न सक्ने जनशक्ति प्रवेश गराउनु लोकसेवा आयोगको चुनौती भन्दै उनले यसका लागि औसत नभई उत्कृष्ट मस्तिष्क भित्र्याउन सक्नुपर्ने धारणा राखेका छन ।आयोगको ६८ औं वाषिर्कोत्सवको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा परिवर्तित सन्र्दभमा आयोगलाई आमूल परिर्वतन गर्न नसकिएको स्वीकार गरेका छन ।
अध्यक्ष मैनालीले परीक्षासम्बन्धी गोप्य काम गर्ने शाखा लगायतमा परीक्षाको प्राप्ताङ्क र क्रम दुवै थाहा नपाउने व्यवस्था गरिएको बताए ।अनलाइन दरखास्त, मोबाइल एप्स लगायतका प्रविधि प्रयोग भइरहेको भन्दै उनले आउँदो साउनदेखि अनलाइन भुक्तानी प्रणाली पनि सुरु गर्ने जानकारी गराए ।
प्रतिक्रिया