फुटबलको महाकुम्भ फिफा वल्र्डकप २०१८ को भव्यतका साथ उद्धाटन गरिएको छ । रुसको मस्कोमा रहेको लुझ्निकी रंगशालामा विभिन्न सांगितिक कार्यक्रम र आतिसवाजीका साथ २१ औं संस्करणको विश्वकपको भव्य उद्घाटन गरिएको हो ।
द्घाटन समारोहमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, सहितका विश्वभरका उच्चस्तरीय सरकारी प्रतिनिधिको सहभागिता छ ।
उद्घाटन समारोहमा ९० को दशकमा पप आइकनका रुपमा प्रसिद्धि कमाएका गायक रोबी विलियम्सले विशेष प्रस्तुति दिएका थिए ।
एक महिनासम्म चल्ने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक रुस र साउदी अरेबियाबीच प्रतिस्पर्धा भइरहेको छ । खेल रुसको मस्कोमा रहेको लुझ्निकी रंगशालामा नेपाली समय अनुसार बेलुकी पौने नौ बजेबाट सुरु भएको हो ।
प्रतियोगितामा सहभागी ३२ देशलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका विजेता र उपविजेता अन्तिम १६ मा प्रवेश गर्नेछन् । मस्कोका २ सहित अरु १० शहरका १२ रंगशालामा विश्वकप फुटबलका खेल हुनेछन् ।
अबको ३२ दिनसम्म विश्वकपका ६४ वटा खेल हुनेछन । विश्वकपको २१ औँ संस्करणका खेल रुसका ११ शहरका १२ रंगशालमा हुनेछन् । यी १२ रंगशालाहरु १८ सय माइलको दूरीमा छन् ।
फाइनल खेल आउँदो जुलाई १५ मा उद्घाटन खेल भएकै ८१ हजार दर्शक क्षमता भएको लुज्निकी रंगशालामा हुनेछ । विश्वकपमा ३२ देशका ७३६ खेलाडीले मैदानमा आफ्नो प्रतिभा देखाउने छन् ।
यसपटकको विश्वकपमा फुटवल इतिहासमै पहिलोपटक भिडियो एसिस्टेण्ट रेफ्रि अर्थात भी ए आर को प्रयोग हुँदैछ । मैदानमा रहेका निर्णायकले नदेखेका वा विवाद भएका कुरामा भिडियो फुटेज हेरेर यथार्थ पत्ता लगाइने प्रविधि नै भीएआर हो ।
यसले खेलका क्रममा हुने विवाद र निर्णायकमाथि लाग्ने आरोप अन्त्य हुने फिफाले जनाएको छ ।
सन् १९३० बाट सुरु भएको फिफा विश्वकपमा सर्वा्धिक सफल टोली ब्राजिल हो । ब्राजिलले अहिलेसम्म ५ पटक विश्वकपको उपाधि जितेको छ । त्यस्तै जर्मनीले अहिलेसम्म ४ पटक विश्वकपको उपाधि जितेको छ ।
इटालीले ४ पटक विश्वकपको ट्रफी चुम्दा अर्जे्न्टिनाले २ पटक विश्वकपको ट्रफी उचालेको छ । यस्तै उरुग्वेले २ पटक जित्दा फ्रान्स, स्पेन र इंग्ल्याण्डले १(१ पटक विश्वकप जितेका छन् ।
प्रतिक्रिया