देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रदेश नं ४ मा दुई विधेयक पारित

देशान्तर

काठमाडौं । प्रदेश नं ४ को बिहिबार बसेको प्रदेशसभा बैठकमा प्रदेश कर तथा गैरकर राजश्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश वित्त व्यवस्थापन विधेयक पारित भएको छ ।बिहिबारको बैठकमा दुवै विधेयकमाथि दफावार छलफलपछि आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले विधेयक पारित गरियोस् भन्दै गर्नुभएको प्रस्ताव सभाले पारित गरेको हो ।

बैठकमा प्रदेश कर तथा गैरकर राजश्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बहुमतले पारित भयो भने वित्त व्यवस्थापन गर्न बनेको विधेयक सर्वसम्मत पारित भएको हो ।

यसअघि प्रदेश कर तथा गैरकर राजश्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा प्रदेशसभा सदस्यहरू मीनप्रसाद गुरुङ, मेखलाल श्रेष्ठ, चन्द्रबहादुर बुढा, कृष्ण थापा, विन्दुकुमार थापा, दोवाटे विश्वकर्माले प्रदेशको समृद्धि र विकासका लागि राजश्व उठ्नु आवश्यक भएको बताउँदै यसको चुहावट नियन्त्रण हुनुपर्नेमा जोड दिनुभयो ।अर्को बैठक शुक्रबार ४ बजे बस्नेछ ।