देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

निशस्त्रीकरण छिट्टै हुने : अमेरिकी विदेशमन्त्री

देशान्तर

काठमाडौं।अमेरिकी विदेशमन्त्री माइक पम्पेओले उत्तर कोरियाले निशस्त्रीकरणको काम छिट्टै सम्पन्न गर्ने अपेक्षा अमेरिकाले गरेको बताएका छन । बिहीबार दक्षिण कोरियाको राजधानी सोल पुग्नुभएका विदेशमन्त्री पम्पेओले भने यो कुरा दक्षिण कोरियाली नेता किम जोङ उनलाई पनि थाहा छ, यो काम जतिसक्दो चाँडै हुनेछ ।
अमेरिका पनि उत्तर कोरियाली नेता किमजस्तै निशस्त्रीकरणप्रति प्रतिबद्ध रहेको धारणा पनि उनले राखे । उनले सिङ्गापुर शिखर वार्ताको पहिलो र महत्वपूर्ण कार्य नै यही भएकोले यसमा उत्तर कोरियाको प्रतिबद्धता हाम्रो चासो हो ।
गत मङ्गलबार सिङ्गापुरमा भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किमबीचको ऐतिहासिक सम्झौतामा उत्तर कोरियाले निशस्त्रीकरण गर्ने जनाएको छ । उत्तर कोरियाले आफ्नो उक्त प्रतिबद्धतालाई चाँडै कार्यान्वयन गर्ने क्रममा रहेको बताएको छ । सोही बमोजिम नै प्रतिबद्धता पूरा होस् भन्नेमा आफू पनि रहेको अमेरिकाले जनाएको हो ।