देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

डिएसपी भण्डारीसहित ३ जवान निलम्बित

देशान्तर

काठमाडौं । प्रहरीकै गाडीमा राखेर काठको अवैध ओसारपसार गरेको आरोप लागेका सशस्त्र प्रहरी बलको अरुण गुल्म, चैनपुरका संखुवासभाका डिएसपी रामप्रसाद भण्डारीलाई निलम्बन गरिएको छ ।

सशस्त्र मुख्यालयका अनुसार भण्डारीसहित घटनामा संलग्न अन्य ३ जना सशस्त्र प्रहरी जवानहरु विनोद कट्टेल, मिलन कुमार राई र दिपेन्द्र कुमार कर्माकारलाई निलम्बन गरेर कारबाही प्रक्रिया अघि बढाइएको हो ।

गत २१ जेठमा अरुण गुल्मको बा १ ग १६६९ नम्बरको ट्रकमा अवैध रुपमा काठ राखेर धरानतर्फ लैजादैँ गरेको अवस्थामा धनकुटाको मूलघाटमा सशस्त्रकै सुरक्षा वेशको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।