काठमाडौं । प्रहरीले ठमेल क्षेत्रको गुण्डागर्दीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेेमा काभ्रे झैटी दउराली–८ घर भइ हाल सितापाइला बस्दै आएका २६ वर्षीय देवकुमार थापा र उनका सहयोगी धादिङको ज्वालामुखी–३ का २९ वर्षीय कमल गुरुङ छन् ।
काठमाडौं प्रहरी परिसरबाट खटिएको विशेष प्रहरी टोलीले झैटी दउराली–८ घर भइ हाल सितापाइला बस्दै आएका २६ वर्षीय देवकुमार थापा र उनका सहयोगी धादिङको ज्वालामुखी–३ का २९ वर्षीय कमल गुरुङलाई पेस्तोल र एउटा खुकुरीसहित नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार थापा ‘राधे समूह’का गुन्डा हुन् । होटल, रेस्टुरेन्ट तथा अन्य व्यवसायीलाई धम्क्याएर हप्ता असुलीमा उनीहरु सक्रिय रहेको गुसानोपछि प्रहरीले निगरानी बढाएको थियो ।
प्रतिक्रिया