काठमाडौं । सभामुख कृष्णबहादुर महरा सहित तत्कालिन माओवादीका ९ हजार नेता कार्यकर्तामाथि बिभिन्न अदालतमा मुद्दा विचाराधीन रहेको खुलेको छ ।नेकपाका प्रमुख सचेतक देव गुरुङले यी मुद्दा कुनै पनि बेला सक्रिय हुन सक्ने भन्दै तत्काल कानुन संशोधन गरेर सत्य निरुपण तथा मेलमिलाप आयोगको दायरमा ल्याउनुपर्ने बताएका छन् ।
प्रतिनिधिसभामा कानुन मन्त्रालय अन्तर्गतको बजेट विनियोजनमा छलफलमा भाग लिदै प्रमुख सचेतक गुरुङले अदालतमा ८ सय भन्दा बढी मुद्दा जनयुद्धकालका रहेको बताए । उनले शान्ति प्रक्रियामा आउनुअघिका ती मुद्दा कुनै पनि बेला सक्रिय हुनसक्ने बताए ।त्यस्तै १२ सय भन्दा बढी मुद्दा प्रहरीमा दर्ता भएर बसेको समेत जानकारी दिए ।
प्रतिक्रिया