काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले देश र जनताको पक्षमा काम गर्न सके विगतमा गरिएका सबै पाप पखालिने बताएका छन ।
महासागरमा गएर नुहाएपछि पाप पखालिन्छ भन्ने जनश्रुति रहेको भन्दै दाहालले एमाले र माओबादी मिलेपछि बनेको पार्टी महासागर भएको बताए ।
चितवनको भरतपुरमा बुधवार पार्टी कार्यकर्ताको प्रशिक्षण कार्यक्रममा दाहालले पार्टी एकताको महासागरमा पौडिएर विगतका पाप पखाल्ने सुनौलो अवसर नगुमाउन कार्यकर्ताहरुलाई आग्रह समेत गरेका छन ।
पार्टी एकीकरणलाई अवसरको रुपमा लिँदै नयाँ पार्टीमा गुटबन्दी अन्त्य गर्नुपर्ने भन्दै दाहालले विगतमा दुवै पार्टीमा गुटबन्दी, अन्र्तघात सवै भएको र अहिले पनि अन्तरघात गर्ने काम नरोकिएको बताए ।
अध्यक्ष दाहालले राष्ट्रलाई समाजवादतर्फ लैजान एकतावद्ध भएर काम गर्नुको विकल्प नभएको बताए । उनले जनताले दुई कम्युनिस्ट पार्टी एक भयो भन्दैमा छुट नदिने भन्दै राम्रो काम गरे मात्रै जनताको साथ पाउने उल्लेख गरे ।
प्रतिक्रिया