काठमाडौं । लामो प्रतिक्षापछि अन्ततः संवैधानिक परिषदले सर्वोच्च अदालतको प्रधानन्याधीशमा न्यायाधीश दीपकराज जोशीको नाम सिफारिस गरेको छ ।
आज बसेको परिषदको बैठकले जोशीको नाम सिफारिस गरेको हो । जोशी विगत करिब तीन महिनादेखि कामु प्रधानन्यायाधीशको भुमिकामा थिए । प्रतिनिधिसभा संचालन नियमावली पारित नभएका कारण देखाउँदै प्रधानमन्त्री केपी ओलीले संवैधानिक परिषद्को बैठक डाक्न आनाकानी गर्दै आएका थिए ।
तर केही दिनअघि प्रतिनिधिसभा संचालन नियमावली पारित भएसँगै विशेष सुनुवाई समिति गठनको बाटो खुलेपछि आज संवैधानिक परिषद्को बैठक डाकेर जोशीलाई प्रधानन्यायाधीशमा सिफारिस गरिएको हो ।
प्रतिक्रिया