देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस नेत्री शैलजा आचार्य नवौं स्मृति दिवस विभिन्न कार्यक्रम गरि मनाइदै

देशान्तर

काठमाडौं । आज नेपाली प्रजातान्त्रिक आन्दोलनकी योद्धा एवं कांग्रेस नेत्री शैलजा आचार्य नवौं स्मृति दिवस । नेपालको पहिलो महिला उपप्रधानमन्त्री बनेकी आचार्यले राजा महेन्द्रले कु गरेपछि सानो उमेरमा नै प्रजातन्त्रीक आन्दोलनमा होमिएकी थिइन् । शैलजा आचार्य नेपाली प्रजातान्त्रिक आन्दोलनकी अग्रणी महिला हुन् । जीवन भर नेपाली कांग्रेसमा रहेर नेतृत्वदायी भुमिका निभाएकी आचार्य नेपाली कांग्रेसको पहिलो महिला उपसभापति भएकी थिईन ।

२०१७ सालमा आफूले ओढेको कालो पछ्यौरा तत्कालीन राजा महेन्द्रको अगाडि फालेर करिव ३ वर्ष शैलजा जेल परेकी आचार्य २०३३ सालमा विपी कोइरालाको मेलमिलाप नीतिपछि कोइरालासँगै स्वदेश फर्केकी थिइन् । त्यो अबस्थामा पनि यसरि राजालाई कालो झण्डा देखाउने साहसी महिला विरलै पाइन्छन् । आचार्यको निधन २०६६ साल जेठ २९ गते शुक्रवार उपचारका क्रममा शिक्षण अस्पतालमा निधन भएको थियो ।

नेपालकी पहिलो महिला उपप्रधानमन्त्री समेत भएकी काग्रेस वरिष्ठ नेता आचार्य विसं २००१ मा मोरङको विराटनगरमा जन्मिएकी हुन् । शैलजाले समाजशास्त्रमा स्नातकोत्तर गरेकी थिइन् । उनी कोइराला परिवारकी सदस्य हुन् । पिताजी कृष्णप्रसाद कोइरालाले दुई विबाह गरेका थिए । जेठि पट्टि मोहन कुमारीकी नातिनि तथा ईन्दिराकी छोरी हुन् शैलजा । उनका मामा मातृका कोईराला पनि नेपालका पहिला प्रधानमन्त्री हुन् । करिब दुई वर्षदेखि बिरामी परेकी आचार्य डेढ वर्षयता भने पूर्णरुपमा थलिएकी थिइन् ।

आचार्यले २०४६ सालको जनओन्दाले सफल पार्न सक्रिय भूमिका खेलेकी थिइन् । २०४८ सालको आमनिर्वाचनमा मोरङ ५ बाट प्रतिनीधिसभा सदस्यमा निर्वाचनमा विजयी उनी त्यसलगत्तै गठित सरकारमा कृषिमन्त्री बनेकी थिइन् । मन्त्रालयमा भ्रष्टाचार व्याप्त रहेको भन्दै पदबाट राजीनमा दिएकी थिइन् । २०५१ सालको मध्यावधि निर्वाचनमा मोरङ ७ बाट पुन निर्वाचित भएकी उनी २०५४ सालको संयुक्त सरकारमा उपप्रधानतथा जलस्रोत मन्त्री बनेकी थिइन् ।

उनी जलस्रोत मन्त्री बनेका बेलामा नेपालमा बिद्युतकरण गर्नका लागि सहज कानुन बनेको थियो । आचार्य नै मन्त्री भएको समयमा उनले लघु जलबिद्युतका लागि बाटो खुला भएको थियो । जसका कारणले आज गाँउ गाँउमा बिजुली बलेका छन् । कांग्रेस भित्रको आन्तरिक किचलोका कारण २०५६ सालमा उनले मोरङ ७ बाट प्रतिनीधिसभा सदस्यमा पराजित भइन् ।