संगठित सुन तस्करी सम्बन्धि गृह मन्त्रालयद्वारा गठित विशेष छानविन समितिले सोमबार दरबारमार्गस्थित आरके ज्वेलर्समा छापा मारेको छ ।
समितिका संयोजक ईश्वरराज पौडेलको नेतृत्वमा गएको टोलीले छापा मारेको हो । दुई वटै पसलबाट प्रहरीले ठूलो परिमाणमा सुन बरामद गरेको स्रोतको दाबी छ ।
ज्वलर्सका सञ्चालक राजेन्द्र शाक्य यसअघि नै पक्राउ परिसकेका छन् । यसअघि प्रहरीले सुनका मुख्य लगानीकर्ता मोहनकुमार अग्रवालको घरमा छापा मारेको थियो ।
प्रतिक्रिया