काठमाडौं । राष्ट्रिय जनता पार्टी, नेपालका नेता केशव झाले सांसद रेशमलाल चौंधरीलाई थुनामुक्त गरे आफ्नो सरकारमा जान तयार रहेको बताएका छन् ।
नेता झाले पार्टीका सांसद चौंधरीलाई थुनामुक्त गरेर सपथ खुवाउने व्यवस्था गर्न सरकारलाई आग्रह गरिएको पनि स्पष्ट पारे ।
सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले प्रदेश २ को सरकार ढाल्ने खेलमा आफ्नो पार्टी नरहेको पनि बताए ।
प्रदेश २ को सरकारलाई समर्थन गरेरै अघि बढ्ने पार्टीको नीति रहेको नेता झाको भनाई छ । नेता झाले प्रदेश २ मा संघीय समाजवादी फोरम, नेपाल र राष्ट्रिय जनता पार्टी, नेपालको सहकार्यमा बनेको सरकार हट्ने अवस्था नरहेको दावी समेत गरे ।
प्रतिक्रिया