नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेले कम्युनिष्ठ सरकारले मुलुकलाई अनिष्ठतर्फ धकेल्न सक्ने भन्दै प्रजातन्त्रवादीलाई सजग हुन आग्रह गरेका छन् । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले सरकार सञ्चालनका लागि आवश्यक बहुमत हुँदाहुँदै दुईतिहाई पु¥याएर कार्यकारी राष्ट्रप्रमुखको प्रसंग उठाउनुले अनिष्ठको संकेत गरेको दावी गरे ।
दुई तिहाई बहुमतको दम्भमा अघि बढेको सरकारको असिमित महत्वकांक्षाले मुलुक दुर्घटनामा पर्ने खतरा बढेकोे तर्क उनको थियो ।
नेताहरुको महत्वाकांक्षाले मुलुकलाई अनिष्टतर्फ धकेलेका कयौ उदाहरणहरु रहेको भन्दै उनले त्यस किसिमको संकटबाट मुलुकलाई जोगाउन सम्पुर्ण प्रजातन्त्रवादीहरु एकजुट हुनुपर्ने बताए ।
नेकपाका नेताहरुले विभिन्न सार्वजनिक समारोहमा कार्यकारी राष्ट्रपतिको व्यवस्थाका बारेमा अभिव्यक्ति दिन थालेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस लगायत संबैधानिक राष्ट्रपतिको पक्षमा रहेका दलहरुले सरकारको नियतप्रति शंका व्यक्त गर्दे आएका छन् ।
प्रतिक्रिया