नेपाली कांग्रेसका नेता दिलेन्द्र प्रसाद बडुले सभामुख र उपसभामुख दुवै एउटै दलको भएको भन्दै दुईमध्ये एउटाले पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन् ।
शनिबार राजधानीमा आयोजित कार्यक्रममा कांग्रेस सांसद बडूले एउटै पार्टीबाट सभामुख र उपसभामुख बन्नु भनेको संवैधानिक व्यवस्थाको उल्लंघन भएको बताए ।
सभामुख र उपसभामुख छुट्टाछुट्टै पार्टीको हुनुपर्ने माग गर्दै उनले तत्काल एक जनाले राजीनामा दिनुपर्ने बताए ।
उनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति स्वीकार्य नहुने बताए । संविधानको मुलभूत विषयलाई चलाउन खोजे अस्थिरता निम्तिने भन्दै नेता बडुले यो विषय अहिले प्रवेश गर्ने वेला नभएको जिकिर गरे ।
प्रतिनिधिसभा सञ्चालन नियामावली दलहरुको सहमतिमा नै पारित भएको उनले जनाए । सांसदहरु निलम्बन गर्ने विषय नियामावलीमा राख्ने नभई त्यसको लागि छुट्टै ऐन बनाउने सहमतिका साथ अहिले निकास खोजिएको उनको भनाई थियो ।
प्रतिक्रिया