काठमाडौं । डलर साँट्न भन्दै बोलाएर भक्तपुरमा १८ लाख लुटपाट भएको छ । चाँगुनारायण नगरपालिका इन्द्रेणीपुल–३ स्थित विरेन तामाङलाई बोलाई १८ लाख लुटपाट गरिएको हो ।
ताप्लेजुङ फुलापिङ नगरपालिका–१ घर भई हाल स्वयम्भु बस्दै आएका तामाङलाई अज्ञात समूहले फोन गरी डलर साँट्न भन्दै बोलाएर लुटपाट गरेको प्रहरीले जनाएको छ ।डलर साटेको बापत २ लाख रुपैयाँ फाइदा हुने भएकाले तामाङले १८ लाख रुपैयाँ लिएर पैसा साँट्न गएका प्रहरीले जनाएको छ ।
यतिबेला घटनास्थलमा महानगरीय प्रहरी प्रभाग चाँगुनारायणका इन्सपेक्टरको टोली पुगेको छ । फरार व्यक्तिहरुको खोजतलास भइरहेको र घटनाबारे अनुसन्धान भइरहेको काठमाडौं प्रहरीले जनाएको छ ।
प्रतिक्रिया