काठमाडौं । त्रिभुवन आर्मी क्लब राजधानीमा जारी प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।
शुक्रबार भएको सेमिफाइनल खेलमा प्रदेश नम्बर–५ माथि शानदार जित हासिल गर्दै आर्मी फाइनलमा पुगेको हो ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा आर्मी १५४ रनले विजय भयो ।
पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित् ५० ओभरमा ८ विकेटको क्षतिमा २८९ रन बनाएको थियो ।सागर पुनले ११८ तथा भीम सार्कीले ७७ रन बनाए ।बलिङतर्फ प्रदेश–५ का कृष्ण कार्कीले ३ तथा विक्रम भुसालले २ विकेट लिए ।
जवाफमा प्रदेश–५ ले ३५ ओभर ५ बलमा अलआउट हुँदै ११९ रनमात्र बनाउन सक्यो ।शंकर रानाले सर्वाधिक २३ रन बनाएको इनिङ्सलाई ध्वस्त पार्नेक्रममा आर्मीका सुशन भारी र विक्रम सोबले समान ३र३ विकेट लिए ।
अब आर्मीले उपाधिका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीबीचको दोस्रो सेमिफाइनलको विजेतासँग आइतबार खेल्नेछ । दोस्रो सेमिफाइनल शनिबार हुँदैछ ।सातओटा प्रदेश र तीन विभागीय गरी १० टोलीबीच पहिलोपटक यो संरचनाको प्रतियोगिता भएको हो ।
प्रतिक्रिया