देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मूल्यवृद्धि फिर्ताको माग गर्दै देशभर नेविसंघ आन्दोलित

देशान्तर

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाल विद्यार्थी संघले विरोध गर्दै प्रदर्शन गरेको छ।

सुक्राबार उनीहरुले सरकार बिरुद्ध प्रदर्शन गरका हुन्। पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएपछि संघमा आवद्ध विद्यार्थीहरुले उपत्यकाकास्थित पशुपति क्याम्पस, त्रिचन्द्र क्याम्पस, रत्नराज्य क्याम्पस, अस्कल क्याम्पस, सरस्वती क्याम्पस, मीनभवनलगायतका क्याम्पसअगाडि विरोध प्रदर्शन गरेका हुन्।

पछिल्लो समय सरकारले निरन्तर पेट्रोलिएम पदार्थको मूल्यवृद्धि गरेपछि नेविसंघले उपत्यका सहित देशभरका सबै क्याम्पसअगाडि सुक्रबार विरोध प्रदर्शन गरेको महामन्त्री कुन्दन राज काफ्ले जानकारी दिए। सरकारले लगातार बढाएको मुल्यबृद्धि फिर्ता नलिए नेविसंघले चरणबद्ध आन्दोलन गर्ने काफ्लेले बताए।

‘पेट्रोलियम पदार्थमा भएको पटक–पटकको मूल्यवृद्धिले दैनिक उपभोग्य वस्तुका भाउ आकासिएको छ, जनजीविका अत्यन्तै कस्टकर भएको छ, त्यसैले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने हाम्रो माग हो’ उनले भने।

यस्तै, नेविसंघले जेठ २६ मा सबै जिल्लामा मसाल जुलुस निकाल्ने, २७ गते देशभरिका सबै क्याम्पसअगाडि सरकारी तथा संस्थानका सवारी–साधन गुड्न नदिने कार्यक्रम विज्ञप्तिमार्फत् सार्वजनिक गरेको छ।