काठमाडौं . न्यायको माग राख्दै द्वन्द्वपीडितहरुले आज राष्ट्रिय मानवअधिकार आयोगमा धर्ना दिएका छन् ।
द्वन्द्वपीडितहरुले द्वन्द्वकालीन हत्याहिंसाका दोषीलाई राजनीतिक आवरणमा उन्मुक्ति दिई अदालतको अवहेलना गर्दासमेत राष्ट्रिय मानव अधिकार आयोग मौन रहेको भन्दै ध्यानाकर्षण गराएका छन् ।
उनीहरुले व्यक्ति हत्यामा दोषी ठहर बालकृष्ण ढुंगेलको रिहाईप्रति आयोगले आधिकारिक धारणा सार्वजनिक नगरी पीडितको संवेदनामाथि खेलवाड गरेको आरोप लगाएका छन् ।
त्यसैगरी गंगामाया अधिकारीको प्राण जान लाग्दासमेत राष्ट्रिय मानव अधिकार आयोगको मौनता देखिनु अस्वाभाविक भएको भन्दै भूमिका प्रभावकारी बनाउन उनीहरुले माग गरेका छन् ।
द्वन्द्वपीडितहरुले आफूहरुको अवस्था नाजुक बन्दै गए पनि सरकारले गम्भीर रुपमा नलिएको गुनासो गरेका छन् । सरकारले द्वन्द्वपीडितका मागप्रति बेवास्ता गरे कडा आन्दोलन गर्ने चेतावनी पनि उनीहरुले दिएका छन् ।
प्रतिक्रिया